काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा समयले दिएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसररु पटक पटक गुमाएको र अब पश्चाताप गर्ने अवस्थामा रहेको बताएका छन् ।
प्रचण्डले आइतबार एक कार्यक्रममा ‘खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको, नायकका रूपमा इतिहास लेखाउन विश्राम नलिने’ बताएका थिए । त्यही अभिब्यक्तिलाई पश्चातापको संज्ञा दिंदै नेता बाँस्कोटाले प्रचण्डले समयले उनलाई ऐतिहासिक अवसर दिए पनि त्यो पूरा नगरेकोले अब पश्चाताप गर्ने समयमात्र रहेको उल्लेख गरेका हुन् ।
नेता बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्–‘अब प्रचण्डसँग चुनाव रोक्ने वा २–४ सिटका लागि वाम अंकमाल गर्ने प्रयत्न मात्र रहेको छ ।’
उनी लेख्छन्– ‘समयले विश्वासपूर्ण जवाफदेहितासहित उपलब्ध गराएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसरहरु पटक–पटक गुमाएपछि पश्चातापको समयमात्र रहन्छ । कमरेड प्रचण्डको पछिल्लो भावुक याचना त्यही हो । अब लाष्ट विकल्प चुनाव रोक्नु वा अन्तिम पल्ट आफ्नै दुईचारका लागि मात्र भए पनि आकस्मिक वाम अंकमाल प्रयत्न ।’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend