काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा समयले दिएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसररु पटक पटक गुमाएको र अब पश्चाताप गर्ने अवस्थामा रहेको बताएका छन् ।
प्रचण्डले आइतबार एक कार्यक्रममा ‘खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको, नायकका रूपमा इतिहास लेखाउन विश्राम नलिने’ बताएका थिए । त्यही अभिब्यक्तिलाई पश्चातापको संज्ञा दिंदै नेता बाँस्कोटाले प्रचण्डले समयले उनलाई ऐतिहासिक अवसर दिए पनि त्यो पूरा नगरेकोले अब पश्चाताप गर्ने समयमात्र रहेको उल्लेख गरेका हुन् ।
नेता बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्–‘अब प्रचण्डसँग चुनाव रोक्ने वा २–४ सिटका लागि वाम अंकमाल गर्ने प्रयत्न मात्र रहेको छ ।’
उनी लेख्छन्– ‘समयले विश्वासपूर्ण जवाफदेहितासहित उपलब्ध गराएका दुर्लभ नेतृत्वदायी ऐतिहासिक अवसरहरु पटक–पटक गुमाएपछि पश्चातापको समयमात्र रहन्छ । कमरेड प्रचण्डको पछिल्लो भावुक याचना त्यही हो । अब लाष्ट विकल्प चुनाव रोक्नु वा अन्तिम पल्ट आफ्नै दुईचारका लागि मात्र भए पनि आकस्मिक वाम अंकमाल प्रयत्न ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend