Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • बादल लक्षित गोकुल बाँस्कोटाको प्रहार, रुख–सूर्य मिलेर चुनाव लडे भो त, किन समानुपातिकमा बसेको ?


    बुधबार, पुष १६ २०८२
    790
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले पार्टीका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई कडा प्रहार गरेका छन् । एमाले उपाध्यक्ष थापाले केही दिनअघि एमाले र कांग्रेस मिलेर चुनाव लड्नुपर्ने अभिब्यक्ति दिएका थिए ।

    एमाले–कांग्रेस मिल्नुपर्ने भन्ने तिनै थापा समानुपातिक सूचीमा बसेपछि बाँस्कोटाले उनीप्रति लक्षित गर्दै आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक समानुपातिकमा किन बस्नुपरेको भन्दै सामाजिक संजालमा लेखेका छन्–‘समानुपातिक कोटामा आफुलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसे पछि यो प्रणालीको विरोध हुनु ठिक हो ।

    अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ, पटके समानुपातिकले । समावेशीताकै बेइज्जत नगर के–त्यो पनि पुरुषले ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार