Nepal Face
  • आइतबार, २८ भाद्र २०८३
  • जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, अजयशंकर नायकलाई सघाउने


    मंगलबार, फाल्गुन १२ २०८२
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सिरहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । कर्जन्हा नगरपालिका वडा नं. ८ का अध्यक्ष समेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबीच नेकपा प्रवेश गरेका हुन् ।

    उनलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सिराहा क्षेत्र न. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजयशंकर नायक, नेता रामचन्द्र ठाकुर, प्रकाश अधिकारीलगायतले स्वागत गरेका थिए ।

    दनुवारले सिराहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफू पार्टी प्रवेश गरेको बताए । उनले विकास, स्थायित्व र राजनीतिक सहकार्यका लागि आफ्नो निर्णय रहेको उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार