काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उपनिर्वाचनबारे टिप्पणी गर्दै राउतले रास्वपा नेतृत्वलाई एक्लै दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाएका हुन् ।
उनले भनेका छन्– ‘रास्वपाको नेतृत्व र साथीहरूले पनि बुझ्नुपर्ने हो ( मैले आन्दोलनका लागि पटक पटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुईतिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नुभएको थियो। बारा र इलाममा जमानत जफ्त भएको भोग्नुभयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।ु
उनले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन् । साथै उनले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केही नहुने दाबी गरेका छन् ।
इलाम– २ मा जनमतका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका थिए ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend