सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब मुलुकमा सिंहदरबार जल्ने र गोली चल्ने अवस्था अन्त्य हुने गरी नयाँ प्रकारको शासन व्यवस्था आवश्यक भएको बताएका छन् ।
आइतबार सर्लाहीमा आयोजित मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले आगामी पाँच वर्ष सरकारले जनभावनाअनुसार काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अब सिंहदरबार पनि जल्नुहुँदैन, गोली पनि चल्नु हुँदैन । हामीले कर्तव्यबोध गरेर काम गर्नुपर्छ ।’
सभापति थापाले मुलुकमा फैलिएको कुशासनका कारण जनता आजित भएको दाबी गर्दै अबको प्राथमिकता सुशासन कायम गर्नुहुनुपर्ने बताए ।
‘सुशासन कायम गर्नुपर्छ । जनता कुशासनले आजित भएका छन्’ उनले भने ।
सभापति थापाका अनुसार आगामी पाँच वर्ष मुलुकमा सुधारका धेरै काम गर्नुपर्ने समय हो। उनले युवालाई रोजगारी दिनुका साथै स्वास्थ्य र शिक्षा जस्ता आधारभूत क्षेत्रमा राज्यले गम्भीर ध्यान दिनुपर्ने बताए ।
सभापति थापा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend