काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा लज्जास्पद हारपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन लागेको जानकारी दिएका छन् ।
सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासँगको भेटवार्तामा सो जानकारी गराएका हुन् । भेटका क्रममा थापाले पार्टीको हारको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै पद त्याग गर्ने तयारीमा रहेको बताएका थिए ।
‘पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पदत्याग गर्नु उचित हुन्छ । अब म राजीनामा दिन्छु,ु थापाले भेटमा भनेका थिए । तर उपसभापति शर्माले भने उनलाई तत्काल राजीनामा नदिन आग्रह गरेका छन् । सोमबार साँझदेखि सुरु भएको थापा र शर्माबीचको छलफल काठमाडौंको नयाँ बानेश्वरमामा जारी रहेको स्रोतले जनाएको छ ।
विशेष महाधिवेशन गरी पार्टीको सभापति भएका थापाले नेपाली कांग्रेस बदलेको र देश बदल्नका लागि मत दिन आग्रह गरे पनि जनताले यो पटक रास्वपालाई दुई तिहाई बहुमत दिएका छन् । र, कांग्रेसलाई निकै कम मत दिएर कमजोर प्रतिपक्षीका रुपमा खडा गरिदिएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend