काठमाडौं । राजनीतिक बिश्लेषक दिल निशानी मगरले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राजीनामाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै मगरले जेल तोडेर, खरबौंको सरकारी र निजी सम्पत्ति जलाउनेहरुले चुनाव जितेको उल्लेख गरेका छन् । गगन थापाले उनीहरुले जस्तो कुनै अपराध नगरेको भन्दै उनले चुनाव हार्नु भनेको फौजदारी अभियोग लाग्नु होइन, चुनाव हार्नु भनेको कुनै नैतिक पतन हुन होइन भन्दै सामाजिक संजालमा लेखेका छन्, चुनाव चुनाव हार्नु भनेको सांगठानिक अपराध गर्नु पनि होइन । तपाईले आजको मितिसम्म अदालतमा धरौटी बुझाउनुपरेको छैन । जेल तोडेर निस्किनुपरेको छैन । त्यसैले चुनाव हारेकोमा शरम मान्नु पनि पर्दैन ।
चुनाव जित्ने भाग्यमानीहरुलाई चुनाव जित्नुको कारण थाहा नभएको उल्लेख गर्दै उनले इतिहासमा यस्तो अनौठो चुनाव सम्पन्न भएको छ, जहाँ बाकसको मत देखेर विजेता उम्मेदवारहरू नै आश्चर्यचकित बनेका छन् । किन, कसरी, कस्लाई र के कामका लागि भोट हाल्दैछु भनेर मतदाता लाई पनि थाहा छैन । तपाईंसँग नैतिकता बाँकी नै छ, कृपया राजीनामाबारे पुनर्विचार गर्नुहोस् ।
मगर लेख्छन्–चुनाव हार्नु भनेको फौजदारी अभियोग लाग्नु होइन । चुनाव हार्नु भनेको कुनै नैतिक पतन हुनु होइन। चुनाव हार्नु भनेको सांगठानिक अपराध गर्नु पनि होइन। तपाईले आजको मितिसम्म अदालतमा धरौटी बुझाउनुपरेको छैन। जेल तोडेर निस्किनुपरेको छैन। त्यसैले चुनाव हारेकोमा शरम मान्नु पनि पर्दैन ।
खरबौ सम्पत्तिमा आगजनी गरेर पनि कारको सनरुफ [Sunroof] माथि टाउको निकालेर हिँड्न सक्नेहरूले चुनाव जितेका छन् । तर तपाई खरानी टक्टकाएर उभिएको मान्छे हो। लुकीलुकी हिड्नु परेको थियो। त्यो दिन भेटाएको भए तपाईलाई पनि आगोमा जलाएर मार्ने थिए। बाचेर सभापति बन्न पाउनु भयो ।
चुनाव जित्ने भाग्यमानीहरु लाई चुनाव जित्नुको कारण थाहा छैन। इतिहासमा यस्तो अनौठो चुनाव सम्पन्न भएको छ, जहाँ बाकसको मत देखेर विजेता उम्मेदवारहरू नै आश्चर्यचकित बनेका छन् । किन, कसरी, कस्लाई र के कामका लागि भोट हाल्दैछु भनेर मतदाता लाई पनि थाहा छैन ।
तपाईंसँग नैतिकता बाँकी नै छ, कृपया राजीनामाबारे पुनर्विचार गर्नुहोस् ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend