काठमाडौं । राजनीतिक बिश्लेषक दिल निशानी मगरले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई राजीनामाबारे पुनर्विचार गर्न आग्रह गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै मगरले जेल तोडेर, खरबौंको सरकारी र निजी सम्पत्ति जलाउनेहरुले चुनाव जितेको उल्लेख गरेका छन् । गगन थापाले उनीहरुले जस्तो कुनै अपराध नगरेको भन्दै उनले चुनाव हार्नु भनेको फौजदारी अभियोग लाग्नु होइन, चुनाव हार्नु भनेको कुनै नैतिक पतन हुन होइन भन्दै सामाजिक संजालमा लेखेका छन्, चुनाव चुनाव हार्नु भनेको सांगठानिक अपराध गर्नु पनि होइन । तपाईले आजको मितिसम्म अदालतमा धरौटी बुझाउनुपरेको छैन । जेल तोडेर निस्किनुपरेको छैन । त्यसैले चुनाव हारेकोमा शरम मान्नु पनि पर्दैन ।
चुनाव जित्ने भाग्यमानीहरुलाई चुनाव जित्नुको कारण थाहा नभएको उल्लेख गर्दै उनले इतिहासमा यस्तो अनौठो चुनाव सम्पन्न भएको छ, जहाँ बाकसको मत देखेर विजेता उम्मेदवारहरू नै आश्चर्यचकित बनेका छन् । किन, कसरी, कस्लाई र के कामका लागि भोट हाल्दैछु भनेर मतदाता लाई पनि थाहा छैन । तपाईंसँग नैतिकता बाँकी नै छ, कृपया राजीनामाबारे पुनर्विचार गर्नुहोस् ।
मगर लेख्छन्–चुनाव हार्नु भनेको फौजदारी अभियोग लाग्नु होइन । चुनाव हार्नु भनेको कुनै नैतिक पतन हुनु होइन। चुनाव हार्नु भनेको सांगठानिक अपराध गर्नु पनि होइन। तपाईले आजको मितिसम्म अदालतमा धरौटी बुझाउनुपरेको छैन। जेल तोडेर निस्किनुपरेको छैन। त्यसैले चुनाव हारेकोमा शरम मान्नु पनि पर्दैन ।
खरबौ सम्पत्तिमा आगजनी गरेर पनि कारको सनरुफ [Sunroof] माथि टाउको निकालेर हिँड्न सक्नेहरूले चुनाव जितेका छन् । तर तपाई खरानी टक्टकाएर उभिएको मान्छे हो। लुकीलुकी हिड्नु परेको थियो। त्यो दिन भेटाएको भए तपाईलाई पनि आगोमा जलाएर मार्ने थिए। बाचेर सभापति बन्न पाउनु भयो ।
चुनाव जित्ने भाग्यमानीहरु लाई चुनाव जित्नुको कारण थाहा छैन। इतिहासमा यस्तो अनौठो चुनाव सम्पन्न भएको छ, जहाँ बाकसको मत देखेर विजेता उम्मेदवारहरू नै आश्चर्यचकित बनेका छन् । किन, कसरी, कस्लाई र के कामका लागि भोट हाल्दैछु भनेर मतदाता लाई पनि थाहा छैन ।
तपाईंसँग नैतिकता बाँकी नै छ, कृपया राजीनामाबारे पुनर्विचार गर्नुहोस् ।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend