काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिरमा पार्टीको विशेष महाधिवेशन गर्नुको विकल्प नभएको बताएका छन् ।
सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नियमित अधिवेशनको समय भ्याइनभ्याई भएकाले मंसिर २७–२८ गते विशेष महाधिवेशन गर्नैपर्ने स्पष्ट पारेका हुन् ।
उनले भने– ‘मैले नियमित महाधिवेशन गर्न सकिन्छ भनेर नै कार्यतालिका पेस गरेको हुँ । केही साथीहरू सकिँदैन भन्नुहुन्छ । त्यसका लागि उत्तम बाटो भनेको विशेष महाधिवेशन हो । मंसिरको २७–२८ गते जुन दिन उपयुक्त हुन्छ विशेष महाधिवेशन गर्ने र नयाँ नेतृत्व ल्याउने । विशेष महाधिवेशन नै निर्विकल्प हो ।’
महामन्त्री थापाले कांग्रेस आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुने घोषणा गरे । साथै चुनावमा भाग नलिने भनिरहेका दलहरुसँग संवादमार्फत निर्वाचनमा ल्याउने प्रयास कांग्रेसले गर्ने पनि बताए ।
राजनीतिक दलहरूले निर्वाध गतिविधि गर्न पाउनुपर्ने वातावरण बनाउन सरकार गम्भीर नरहेको बताउँदै उनले भने– ‘हातहतियार बाहिर छन्, कैदीहरू फरार छन् । राजनीतिक दलहरूले निर्वाध रूपमा गतिविधि गर्न पाउनुपर्छ ।’
थापाले कांग्रेसले शान्तिको राजनीतिको नेतृत्व गर्नुपर्ने र अहिलेको जटिल अवस्थाबाट निस्कन फागुन २१ को निर्वाचन नै एक मात्र विकल्प भएको दाबी गरे ।
उनले केही दल तथा समूहहरूले उत्तेजना र प्रतिशोध फैलाइरहेको भन्दै त्यसविरुद्ध कांग्रेस दृढतापूर्वक उभिने पनि बताए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend