Nepal Face
  • बिहिबार, ८ असोज २०८३
  • सिन्धुलीमा एसबीआई बैंकबाट ३ करोड लुटपाट, सवारी चालक पक्राउ


    बुधबार, पुष ३० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुलीको घ्याङ्लेक गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंक लुटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मंगलबार साँझ करिब साढे ७ बजेतिर बैंकमा लुटपाट भएको हो ।

    मंगलबार साँझ ६ जनाको नकावधारी समूहले बैंक कब्जा गरी ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर फरार भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेर फरार भएका थिए ।

    सुवेदीका अनुसार घटना लगत्तै प्रहरीले खोजतलास गर्दा नजिकै रहेको जंगलबाट १ करोड ८० हजार १० हजार ५ सय रुपैयाँ बरामद गरिएको छ ।

    प्रहरीले लुटेरा आएको टाटा सुमो र त्यसका चालकलाई समेत नियन्त्रणमा लिएको छ । चालक बनेपाका हुन् भने सबै लुटेरा बनेपाबाट गएका थिए । अरु लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार