सर्लाही । भारत–नेपाल सीमाक्षेत्रको बहादुरपुर, त्रिभुवननगर, सखुवबा, फेनहरा, छन्किटोला, गडहिया–खैरवा, भाडसरदेखि धरमपुर पुलसम्म अवैध तस्करी व्यापक रहेको स्थानीयले बताएका छन् ।
सीमाबाट चाइनिज लाइटर, लसुन, कपडा, ब्याट्री, किराना सामग्री, मदिरा, स्याउ, चल्ला, हार्डवेयर, बालुवा–गिट्टीजस्ता दर्जनौँ वस्तु निर्वाध रूपमा भित्रिने–बाहिरिने क्रम बढ्दो छ ।
स्थानीयका अनुसार राति पर्दासँगै नाका ‘खुला बजार’ जस्तै बन्ने गरेको र सुरक्षाकर्मीको मिलेमतोमा अवैध वस्तुहरू पास हुने गरेको छ । दिनमा सानो घरायसी सामानको नियन्त्रण गर्ने सुरक्षा निकाय राति तस्करी लाइन मिलाउन व्यस्त हुने गरेको स्रोतले बताएका छन् ।
तस्करी सञ्जाल र मुख्य पात्र
स्थानीय स्रोतका अनुसार ‘भायलोग’ देखि सेराजुल मिकरानीसम्मका व्यक्तिहरूले सीमाक्षेत्रमा बलियो जालो बुनिसकेका छन् । पर्सा नाकाबाट मुसैलीका जितेन्द्र यादव र ब्रहम्पुरीका कृष्ण यादव ब्याट्री तथा कबाड कारोबारमा सक्रिय छन् । फेनहरा नाकाबाट सुरेश चौधरी, बलराका नविन चौधरी, इनरवाका विजय दास तत्मा, पुकार ठाकुर, पर्साका सरोज साह सोनार, त्रिभुवननगरका हुसैनी र गम्हरियाका विजय साह कलवार कपडा ओसार्ने धन्दा चलाउँछन् ।
खैरवाका बुधु यादव छन्किटोला नाकाबाट रङ्गा ओसार्छन् भने रामइश्वर बलरा छन्की मार्ग प्रयोग गरी कपडा तथा दैनिक उपभोग्य सामग्री ओसार्ने गरेका छन् ।
त्यस्तै, फेनहारा नाकाबाट बरहथवाका मुकेश शाह र ब्रिजकिशोर यादव कपडा तस्करी गर्छन् ।
लोकल सवारी साधन माध्यम
मलङ्वाबाट काठमाडौं जाने लोकल बस, स्कुटी र अटो तस्करीका मुख्य माध्यम बनेका छन् । ‘जितेन्द्र किराना’, ‘मलखाद’, ‘राजा हार्डवेयर’, ‘तिन बहिनी समूह’ले लोकल बस प्रयोग गरी सामग्री भित्र्याउँछन् । शोभा मैडम स्कुटीमार्फत् बबिता अटोमार्फत् कपडा तथा किराना सामग्री तस्करी गर्दै आएकी छन् । लालबन्दीका शेखर गुप्ता पनि अटोमार्फत् सामग्री पठाउँछन् ।
प्रमुख तस्करी व्यक्तित्व
स्थानीयका अनुसार सीमा नाकामा साना–ठूला तस्करी धन्दा मुख्य रूपमा बबिता महतो र हुसैनीको राजमै चलिरहेको छ । स्थानीय र प्रहरी दुवैले उनीहरूलाई क्रमशः ‘भावी’ र ‘चाची’ भनेर चिन्ने गरेका छन् ।
सुरक्षाकर्मी संलग्नता र जनप्रतिनिधिको आरोप
मधेश प्रदेशका डिआईजी गोविन्द थपलियाले आफू एसपी हुँदा सिन्धुलीमा बसेको बेला असई सन्तोष साहलाई घुमुवा खटाएका थिए । अहिले डिआईजी हुँदा जनकपुरबाट सिधा सर्लाहीको अर्नाहा प्रहरी चौकीमा पठाएर घुमुवाको काम गर्न लगाइएको पाइएको छ ।
प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले भने, ‘जनताको सुरक्षा र निगरानीका लागि खटिएका सुरक्षाकर्मी राति तस्करी लाइन मिलाउन सक्रिय छन् ।’ पूर्वप्रदेश सांसद उपेन्द्र कुशवाहाले पनि नाकामा बर्षैभर तस्करी नरोकिने र सुरक्षा निकाय कमजोर रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रबहादुर खड्काले अवैध तस्करी नियन्त्रणमा कडाइ भइरहेको दाबी गरे । सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख एसपीले पनि अवैध सामान फेला परे कारबाही भइरहेको बताएका छन् ।
तर स्थानीयको भनाइ स्पष्ट छ ‘सुरक्षाकर्मीको मिलेमतो बिना सीमा नाकामा रातभरको तस्करी सम्भव छैन ।’
यसरी हुन्छ तस्करी
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend