सर्लाही । भारत–नेपाल सीमाक्षेत्रको बहादुरपुर, त्रिभुवननगर, सखुवबा, फेनहरा, छन्किटोला, गडहिया–खैरवा, भाडसरदेखि धरमपुर पुलसम्म अवैध तस्करी व्यापक रहेको स्थानीयले बताएका छन् ।
सीमाबाट चाइनिज लाइटर, लसुन, कपडा, ब्याट्री, किराना सामग्री, मदिरा, स्याउ, चल्ला, हार्डवेयर, बालुवा–गिट्टीजस्ता दर्जनौँ वस्तु निर्वाध रूपमा भित्रिने–बाहिरिने क्रम बढ्दो छ ।
स्थानीयका अनुसार राति पर्दासँगै नाका ‘खुला बजार’ जस्तै बन्ने गरेको र सुरक्षाकर्मीको मिलेमतोमा अवैध वस्तुहरू पास हुने गरेको छ । दिनमा सानो घरायसी सामानको नियन्त्रण गर्ने सुरक्षा निकाय राति तस्करी लाइन मिलाउन व्यस्त हुने गरेको स्रोतले बताएका छन् ।
तस्करी सञ्जाल र मुख्य पात्र
स्थानीय स्रोतका अनुसार ‘भायलोग’ देखि सेराजुल मिकरानीसम्मका व्यक्तिहरूले सीमाक्षेत्रमा बलियो जालो बुनिसकेका छन् । पर्सा नाकाबाट मुसैलीका जितेन्द्र यादव र ब्रहम्पुरीका कृष्ण यादव ब्याट्री तथा कबाड कारोबारमा सक्रिय छन् । फेनहरा नाकाबाट सुरेश चौधरी, बलराका नविन चौधरी, इनरवाका विजय दास तत्मा, पुकार ठाकुर, पर्साका सरोज साह सोनार, त्रिभुवननगरका हुसैनी र गम्हरियाका विजय साह कलवार कपडा ओसार्ने धन्दा चलाउँछन् ।
खैरवाका बुधु यादव छन्किटोला नाकाबाट रङ्गा ओसार्छन् भने रामइश्वर बलरा छन्की मार्ग प्रयोग गरी कपडा तथा दैनिक उपभोग्य सामग्री ओसार्ने गरेका छन् ।
त्यस्तै, फेनहारा नाकाबाट बरहथवाका मुकेश शाह र ब्रिजकिशोर यादव कपडा तस्करी गर्छन् ।
लोकल सवारी साधन माध्यम
मलङ्वाबाट काठमाडौं जाने लोकल बस, स्कुटी र अटो तस्करीका मुख्य माध्यम बनेका छन् । ‘जितेन्द्र किराना’, ‘मलखाद’, ‘राजा हार्डवेयर’, ‘तिन बहिनी समूह’ले लोकल बस प्रयोग गरी सामग्री भित्र्याउँछन् । शोभा मैडम स्कुटीमार्फत् बबिता अटोमार्फत् कपडा तथा किराना सामग्री तस्करी गर्दै आएकी छन् । लालबन्दीका शेखर गुप्ता पनि अटोमार्फत् सामग्री पठाउँछन् ।
प्रमुख तस्करी व्यक्तित्व
स्थानीयका अनुसार सीमा नाकामा साना–ठूला तस्करी धन्दा मुख्य रूपमा बबिता महतो र हुसैनीको राजमै चलिरहेको छ । स्थानीय र प्रहरी दुवैले उनीहरूलाई क्रमशः ‘भावी’ र ‘चाची’ भनेर चिन्ने गरेका छन् ।
सुरक्षाकर्मी संलग्नता र जनप्रतिनिधिको आरोप
मधेश प्रदेशका डिआईजी गोविन्द थपलियाले आफू एसपी हुँदा सिन्धुलीमा बसेको बेला असई सन्तोष साहलाई घुमुवा खटाएका थिए । अहिले डिआईजी हुँदा जनकपुरबाट सिधा सर्लाहीको अर्नाहा प्रहरी चौकीमा पठाएर घुमुवाको काम गर्न लगाइएको पाइएको छ ।
प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले भने, ‘जनताको सुरक्षा र निगरानीका लागि खटिएका सुरक्षाकर्मी राति तस्करी लाइन मिलाउन सक्रिय छन् ।’ पूर्वप्रदेश सांसद उपेन्द्र कुशवाहाले पनि नाकामा बर्षैभर तस्करी नरोकिने र सुरक्षा निकाय कमजोर रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रबहादुर खड्काले अवैध तस्करी नियन्त्रणमा कडाइ भइरहेको दाबी गरे । सशस्त्र प्रहरी १० नम्बर गणका प्रमुख एसपीले पनि अवैध सामान फेला परे कारबाही भइरहेको बताएका छन् ।
तर स्थानीयको भनाइ स्पष्ट छ ‘सुरक्षाकर्मीको मिलेमतो बिना सीमा नाकामा रातभरको तस्करी सम्भव छैन ।’
यसरी हुन्छ तस्करी
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend