सर्लाही । मधेस प्रदेशको सर्लाहीमा बर्षौँदेखि चल्दै आएको तस्करी अब नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै पक्षको संरक्षणमा व्यवस्थित रूपमा सञ्चालन भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्काको नेतृत्वमा तस्करीलाई सहज बनाउने नेटवर्क सक्रिय रहेको प्रहरी स्रोतको दाबी छ ।
सखुवबा, फेनहरा, हिरापुर ब्यारेज, बहादुरपुर, मधुवनी गोठ, अर्नाहा र बलरा नाकाबाट भारततर्फबाट दैनिक रूपमा कपडा, सुपारी, सुर्ती, खाद्यान्न, किराना, बीउ, मोबाईल, चिनी, खाददेखि कुखुरासम्म बिना रोकतोक भित्रिने गरेको छ । ती मालवस्तु वयलवास, लालबन्दी, हरिवन र बरहथवा आसपासका गोदाममा जम्मा गरी पिकअप, अटो र ट्रकमार्फत् राजधानीसहित बागमती र मधेसका विभिन्न जिल्लामा पठाइन्छ ।
नेपाल प्रहरीतर्फ यो तस्करी सञ्जालको मुख्य ‘सेटिङकर्ता’को रूपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक हवल्दार भाग्यनारायण साहलाई लिइन्छ । नाकामा खटिने असईदेखि स्थानीय एजेन्ट, गाडी पास, रकम संकलन र बाँडफाँडसम्म सबै काम साहकै समन्वयमा चल्ने गरेको प्रहरी स्रोतको दाबी छ । साहलाई एसपी स्तरमै संरक्षण रहेको प्रहरीभित्रै चर्चा छ ।
बिओपीकै अगाडि गोदाम, खुलेआम तस्करी
सखुवबा नाकामा त तस्करी यति खुला भएको छ कि कृष्ण यादवले सशस्त्र प्रहरीको बिओपी सखुवबाबाट केही मिटरकै दूरीमा, प्रहरीको आँखै अगाडि कवाडको गोदाम सञ्चालन गरिरहेका छन् । स्थानीयका अनुसार उक्त गोदामबाट दैनिक रूपमा कवाड, धान र गहुँ भारत–नेपाल ओसारपसार हुने गरेको छ ।
अटोमार्फत् तस्करी, मासिक सेटिङको खुलासा
यसैबीच, अटोमार्फत् किराना, हार्डवेयर र कपडाको तस्करी गर्ने नामुद तस्कर बबिता महतो तथा कपडाको कारोबारमा संलग्न हुसैनीले पनि बिना रोकतोक तस्करी गरिरहेको पाइएको छ । स्रोतका अनुसार उनीहरूले अटो प्रयोग गरी सीमावर्ती नाकाबाट माल ओसारपसार गर्दै आएका छन् ।
स्थानीय व्यापारीहरूका अनुसार बबिता महतो र हुसैनीले समेत घुमुवा प्रहरी सहायक हवल्दार भाग्यनारायण साहलाई मासिक रकम बुझाएर तस्करी धन्दा सञ्चालन गरिरहेका छन् । मासिक ‘सेटिङ’ मिलेकै कारण उनीहरूका गाडी तथा अटोहरू चेकजाँचबिनै पास हुने गरेको दाबी गरिएको छ ।
तस्करी सञ्जालमा संलग्न अन्य नामहरू
कपडा, किराना र खाद्यान्न तस्करीमा हिरालाल साह, इन्दु शहनी, रामेश्वर साह, करन्जित बैठाव, अमामुल, सुरेश यादव, प्रमोद यादव, बृज यादव, मुकेश शाह, बिनोद शाह, सुरेन्द्र यादव, रौशन यादव, कन्हाई पण्डित र रसिया यादव सक्रिय रहेको आरोप छ ।
नवीन चौधरी ‘मुना’ कपडा, काठ, मकै र बीउ तस्करीमा संलग्न छन् । राजेश ठाकुर भारतबाट मकै, पटाका र बीउ ल्याउने तथा नेपालतर्फ स्याउ पठाउने कारोबारमा आबद्ध छन् ।
सन्तोष डिलर भनेर चिनिने चन्तोष शाहले पर्सा र सखिवबा नाकाबाट किराना र स्याउको काम गरिरहेका छन । स्याउ भारततर्फ लाने र किराना उताबाट नेपालतर्फ ल्याउने गरिएको छ ।
मोबाइल र बीउ तस्करीमा धर्मेन्द्र महतो, चिनी–खादमा गैरका दिनेश महतो, धानमा अजय शाह, कुखुरा तस्करीमा भाड्सर–खुटौना नाकाका दिपक कलवार चौधरी सक्रिय रहेको बताइन्छ । नवलपुर क्षेत्रमा किराना तस्करी सुबोध चौधरीको नियन्त्रणमा रहेको आरोप छ ।
सशस्त्र प्रहरीको नाममा असुली
यसअघि सशस्त्र प्रहरीतर्फबाट रोशन मिश्र नामका व्यक्तिले आफू ‘घुमुवा’ भन्दै सर्लाही आएर व्यापारीहरूबाट रकम असुली गरेको आरोपसमेत सार्वजनिक भइसकेको छ । मिश्र सर्लाहीकै स्थानीय भएकाले घर आउने क्रममा आफू हेडक्वाटरबाट खटिएको बताउँदै तस्कर र व्यापारीबाट पैसा उठाएर फर्किने गरेको एक व्यापारीले बताएका छन् ।
जुवा अखडासमेत संरक्षणमै
घुमुवा भाग्यनारायण साहकै मिलेमतोमा मलंगवाका ललन साह कानु र गैरका श्याम कलवारले ब्रह्मपुरी गाउँमा जुवा अखडा सञ्चालन गरिरहेको आरोप पनि कायमै छ । प्रहरीलाई जानकारी हुँदाहुँदै पनि कारबाही नहुनु रहस्यमय देखिएको स्थानीय बताउँछन् ।
नाकादेखि गोदाम, तस्करीदेखि जुवा र असुलीसम्म सबै गतिविधि खुला जानकारीजस्तै भइसके पनि जिल्ला प्रशासन, प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी मुख्यालय र गृह मन्त्रालय भने मौन देखिएका छन् ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend