काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै उनले चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी थप सक्रिय हुनुपर्ने बताएका हुन्।
दिपावली, नेपाल संवत् र छठलगायतका पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले लुटपाट, चोरीलगायतका आपराधिक घटनालाई समयमै सम्बोधन गर्न प्रहरी परिचालन गर्न निर्देशन दिए।
आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्थापनका लागि सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ थियो।
चाडपर्वका बेला हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन पनि उनले निर्देशन दिए। ट्राफिक व्यवस्थापनलाई नागरिकको अपेक्षाअनुसार सहज बनाउन तथा प्रहरी कर्मचारीको व्यवहार, आचरण र कार्यशैलीमा सुधार गरी नागरिकमैत्री सेवा दिनुपर्ने उनले बताए।
त्यस्तै, पटका लगायतका विस्फोटक पदार्थको कारोबार नियन्त्रण गर्न र सामाजिक सद्भावमा खलल पुर्याउन सक्ने घटनाप्रति सचेत रहन पनि उनले प्रहरी कर्मचारीलाई निर्देशन दिए।
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
विराटनगर । आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर आफूखुसी उम्मेदवारी घोषणा गर्ने क्रम बढेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कार्यकर्ता व्यवस्थापनमा सकस परेको छ। स्थानीय तहको...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाका दिन करिब १ हजार ९ सयदेखि २ हजार मेगावाटसम्म विद्युत माग हुने अनुमान गरेको छ । उक्त...
काठमाडौँ । नेपाली सेनाले कुकुर तिहारको अवसरमा विशेष ‘डग शो’ प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर थिमिस्थित भैरव वाहन गुल्ममा आइतबार आयोजित कार्यक्रममा कुकुरको पूजा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend