छन्की नाकाबाट यसरी हुन्छ तस्करी
सर्लाहीमा । जनसम्पर्क हुने सरकारी कार्यालय बिचौलियामुक्त गराएको सरकारले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानको भन्सार तिर्नुपर्ने नीति लागू गरे पनि त्यो ब्यवहारमा कार्यान्वयन हुनसकेको छैन ।
सीमाक्षेत्रमा यो सरकार गठनलगत्तै भन्सारछली नियन्त्रण गर्न नाकामा कडाइ गरिए पनि तस्करी नियन्त्रण हुन सकेको छैन । गएको चैत २१ गते नेपालबाट तस्करी भएको धुप भारतमा बरामद भएको घटना होस् कि चिनियाँ स्याउदेखि लसुन बोकेका गाडी भारतीय एसएसबीले नियत्रन्त्रमा लिएको कुराले पनि भन्सारछली गरी सामान आउनजाने रोकिएको छैन भन्ने पुष्टि गरेको छ ।
नेपाल प्रहरी र सशस्त्रकै संरक्षणमा सर्लाहीका छतौना, मधुवनी, बहादुरपुर, बलरा नाकाबाट बढी तस्करीको लाइन चलेको छ । छतौनाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका घुमुवामार्फत् सेटिङ मिलाएर बुधु यादवले पटाका, रामेश्वर महतो र राजीव साहले कपडा र फौजी सिंहले माछाको तस्करी गर्दैआएका छन् । बलराको सीमामै लगेर राखेका कन्हैया झाले युनिलिभरका उत्पादन भन्सार नतिरी भारततर्फ पठाउने गरेका छन् ।
यो पनि पढ्नुहोस् :
चुनु झाले गिटी–बालुवा भारततर्फ लाने र पटाका नेपाल ल्याउने गरेका छन् । सिकिन्दर सहनी, अखिलेश साह, उमेश साह, बृजकिशोर यादव, दिपेश पटेलसहित १४ जनाले किराना सामान भन्सारछली गरी ठूलो परिमाणमा भित्र्याउने गरेको आरोप छ । बलराकै मधुवनी बीओपीका इन्चार्ज र प्रहरीका हाकिम मिलाएर ओमप्रकाश गुप्ता, रामदेवल गुप्ता, करण सहनी कपडाको काम गर्दैआएको स्रोत बताउँछ ।
बलराबाट नवीनले चौधरी कवाडी भारततर्फ पठाउने गरेका छन् । कवाडी अति न्यून मूल्यांकन गरी पठाउने गरिएको छ । यो नाकाबाट रामजनम साहले कपडा र किराना सामान बिनाभन्सार ल्याउने गरेका छन् ।
मधुवनी र बहादुरपुरबाट सामान लाने ल्याउने राजेश ठाकुर, बिजय यादव, नवीन चौधरीको समूह छु्ट्टै रहेको छ । यो समूहसँग पनि सशस्त्र र नेपाल प्रहरीको सेटिङ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्का र सशस्त्र प्रहरीको गण नं १० गणपति(एसपी) अमर खत्रीसँगै सेटिङ मिलाएर तस्करीको लाइन चलेको स्रोत बताउँछ । एसपी खड्काले घुमुवा बरिष्ठ हवल्दार मख्खन यादवलाई परिचालन गरेका छन् ।
सशस्त्रको गणका एसपी, फेनरा गुल्मका डीएसपी, बहादुरपुर, मधुवनी, छतौना बीओपीका इन्चार्जसँग सेटिङ मिलाउने काम मुकेश साह नामका एक किराना पसल गर्ने ब्यापारीले गर्दैआएका छन् । बोर्डरमा बसी मुकेशले सशस्त्र र नेपाल प्रहरी सबैतिर सेटिङ गर्ने गरेको स्रोतको दाबी छ ।
सर्लाहीका भारतसँग जोडिएका नाकाहरुमा मलंगवा, त्रिभुवननगर, पर्सा, नरायणपुर क्षेत्र, गोरखकाली, भाडसर, सग्रामपुर, फेनहरा अन्तर्गत बलरा, मधुवनी, बहादुरपुर लगायत छन् । यीमध्ये प्रायः नाकाबाट भन्सारछलीका सामान ओसारपसार रोकिन नसकेको तथ्य नेपालफेसलाई छन्की नाकाबाट भित्रिने गरेका सामानको भिडियोले पनि पुष्टि गरेको छ ।
छन्की नाकाबाट यसरी हुन्छ तस्करी
काठमाडौं । औद्योगिक ब्यवसाय बिकास प्रतिष्ठानका कर्मचारीहरुले २ महिनादेखि तलव भत्ता पाउन सकेका छैनन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले तलब भत्ता खुवाउन र...
नारायणप्रसाद शर्मा काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले ३४ वर्ष अघि अर्थात २०४९ साल चैत्र ८ गते कौडीको मोलमा विक्री गरेको भृकुटी कागज कारखाना बन्द हुनु...
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक हस्तक्षेपले सीमा नाघ्दै गएको छ । सर्वाधिक रक्तदान गर्ने प्रेमसागर कर्माचार्यलाई रेडक्रस सोसाइटीको केन्द्रीय कोषाध्यक्षबाट हटाइएको छ ।...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागको महानिर्देशक परिवर्तन गरेको छ । मन्त्रालयले यसअघि २ पटक विभागको नेतृत्व सम्हालिसकेका...
काठमाडौं । आक्रामक व्यापार विस्तार गरेर अगाडि बढेको एनआइसी एशिया बैंक पछिल्ला दिनमा संकटतर्फ उन्मुख छ । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (मा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend