काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सीडीओ, डीएसपी, एसपी हाम्रै भएकाले नेता कार्यकर्तामा उन्माद बढेको भने पनि सांसद आशिका तामाङले २ दिनमा हुने काम २ महिनामा पनि सरकारी कर्मचारीबाट नभएको भन्दै सामाजिक संजालमा गुनासो पोखेकी छन् । सांसदसँग केही अधिकार छैन, जिल्लाका कर्मचारी र प्रहरीका अधिकारीले २ दिनमा हुने काम २ महिनामा गरिदिंदैन, आशिकाको दुखेसो छ ।
उनले खोलाबाट गिटी, बालुवा तस्करी नरोकिएको तामाङले गुनासो गरेकी छन् । सभापति लामिछानेले सीडीओ, डीएसपी, एसपी आफ्नै हातमा छ भने पनि कुनै पनि काम हुन नसकेकोमा उनले जनतालाई रिजल्ट तत्काल चाहिएको भए पनि त्यस अनुसार काम हुन नसकेको दुखेसो सामाजिक संजालमा पोखेकी हुन् ।
तामाङले सामाजिक संजालमा लेखेकी छन्‘–पार्टी सभापति रबि दाइ भन्नुहुन्छ, धेरै सिट ल्याएर हामी उन्माद भयौं । ‘सीडीओ पनि हाम्रै हातमा छ, डीएसपी पनि अनि एसपी पनि’ अनि जो जति जाना आफ्नो हातमा आए पनि अब दुई दिनमा हुने काम दुई महिनामा पनि नगरिदिने सांसदसँग आफू एक्लैले गर्न पनि अधिकार छैन ।
लौ न छिटो काम गरिदिनुपर्यो भनेर नरम बोली बोल्दा नि ‘हस हजुर’ किन काम ढिलासुस्ती गरेको भनेर रिसाएर भन्दा नि ‘हस हजुर’ !! खोला झर्दा अझै गिटी, बालुवा तस्करी रोकिएको छैन । पहाड जाँदा ढुङ्गा चोर्न ठेकेदारले छोडेको छैन । बाटोमा सवारी चलाउँदा गाडी चिप्लेर लड्न अझै छोडेको छैन १ जनतालाई चाहिएको छ आजको भोलि रिजल्ट अनि हरेक दिन हामी सांसदहरूले भोगिरहेको छौँ मात्र ।
काठमाडौं । सरकारले सार्वजनिक खरिद प्रक्रियामा आबद्ध श्रमिकको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा र बीमासम्बन्धी व्यवस्था अनिवार्य गरेको छ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिक...
काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाएका र बेपत्ता भएकाका सन्तानलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन मन्त्रीस्तरीय निर्णयमार्फत प्रक्रिया अगाडि...
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend