सर्लाही । सर्लाही जिल्लाका सीमा नाकाहरू पछिल्लो समय संगठित तस्करी र अवैध असुलीको केन्द्र बन्दै गएका छन् । सीमा क्षेत्र, बजार र आवतजावत हुने मुख्य मार्गहरूमा नेपाल प्रहरीकै घुमुवा टोलीको सक्रियतामा तस्करी सञ्चालन भइरहेको गम्भीर आरोप स्थानीयस्तरबाट उठिरहेका छन् ।
यस अवैध कारोबारको केन्द्रमा कारोबारी विजय यादव र हरिवनका सन्तोष डिलर भनिने सन्तोष साहको नेटवर्क प्रमुख रूपमा जोडिँदै आएको छ भने सखुवामा नाकामा विजय पुकार र हुसैनी पनि प्रभावशाली कारोबारीका रूपमा उभिएको स्थानीयको दाबी छ ।
स्थानीय स्रोतका अनुसार संग्रामपुर, त्रिभुवननगर, सखुअवा, फेनहारा, छतौना, मधुवनी, बलरा, बहादुरपुर, छतौना पर्सा, त्रिभुवननगर भाँडसर, छन्की–लक्ष्मीपुर तथा गुल्म सिमरा नाका तस्करीका मुख्य ट्रान्जिट प्वाइन्ट बनेका छन् ।
यी नाकाबाट भारततर्फ कवाडी, सुपारी, मरिच, मदिरा, अलैंची, स्याउ लगायतका सामग्री अवैध रूपमा निकासी हुने गरेको छ भने भारतबाट चिनी, तेल, चामल, मैदा, माछा, अण्डा, कुखुराका चल्ला, सूर्तीजन्य पदार्थ, कपडा, हार्डवेयर र किराणाका सामग्री नेपाल भित्र्याइने गरेको बताइन्छ ।
‘विजय यादव नेटवर्क’को बर्चस्व
स्रोतका अनुसार कवाडी र बहुआयामिक अवैध कारोबारका मुख्य संचालकका रूपमा बिजय यादव लामो समयदेखि सक्रिय छन् । मधुवनी, बहादुरपुर र छन्की क्षेत्र हुँदै विजय यादवकै ‘लाइन’मा दर्जनौँ ट्र्याक्टर र पिकअप गाडी सञ्चालन हुने गरेको स्थानीयको दाबी छ ।
प्रहरी चौकी र घुमुवा टोलीसँग ‘सेटिङ’ मिलाएर अवैध कारोबार निर्बाध चलाइने, रात्रीकालीन ‘लाइन’ खुला गरिने र सूचनामै सवारी पास गराइने गरेको आरोप छ ।
नेपाल प्रहरीको घुमुवा टोलीमाथि गम्भीर आरोप
स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रबहादुर खड्काले ‘क्राइम टोली’ को नाममा घुमुवा प्रहरी परिचालन गरी अवैध असुली गराउने गरेको आरोप लागेको छ ।
सोही टोलीमा प्रहरी हवल्दार मखन हजरा, प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी हवल्दार चाहत मंसुर परिचालित रहेको स्थानीयको दाबी छ । ती घुमुवा प्रहरीले सीमा नाका, बजार र भित्री सडकमा सक्रिय रहँदै तस्करहरूसँग सम्पर्क राख्ने, ‘लाइन मिलाउने’ र मासिक असुली उठाउने गरेको आरोप छ ।
सखुवामा नाकामा विजय पुकार र हुसैनीको प्रभाव
यसैबीच सखुवामा नाकाबाट विजय पुकार र हुसैनीले पिकअपमार्फत् कपडाको तस्करी गरिरहेको स्थानीय र स्रोतको दाबी छ । उनीहरूले सीमा नाकादेखि राजमार्गसम्म ‘लाइन किनेर’ काम सञ्चालन गरेको भन्दै खुलेआम दाबी गर्ने गरेको पनि स्थानीयले बताएका छन् । कपडासहितका सामग्री पिकअप सवारीमार्फत नियमित ओसारपसार हुने र यसमा सीमा तथा भित्री मार्गमा सेटिङ प्रयोग हुने आरोप छ ।
चौकी तहसम्म फैलिएको असुली
बहादुरपुर प्रहरी चौकीका इन्चार्ज असई राजकुमार रमतेल र अर्नाहा प्रहरी चौकीका असई सन्तोष साहमाथि पनि विजय यादवसहितका तस्करहरूसँग मिलेमतो गरी मासिक असुली उठाउने र सवारी साधनलाई ‘लाइन’ दिने आरोप लागेको छ । नाम नखोल्ने सर्तमा स्थानीय व्यापारीहरू भन्छन्—सीमा क्षेत्रमा हुने यति ठूलो परिमाणको तस्करी प्रहरीको जानकारी र सहमतिबिना सम्भव छैन ।
हरिवनका ‘सन्तोष डिलर’ र नेटवर्क कनेक्सन
हरिवनका व्यापारी ‘सन्तोष डिलर’ भनिने सन्तोष साह पनि ठूलो ‘लाइन’ लिएर पिकअपमार्फत् तस्करी गरिरहेका छन् । स्रोतका अनुसार उनले नेपालबाट स्याउ र हात्तीको हड्डी भारत पठाउने तथा भारतबाट कपडा, हार्डवेयर र किरानाका सामग्री नेपाल भित्र्याउने गरेका छन् । यस कारोबारमा पनि घुमुवा प्रहरीको सेटिङ प्रयोग हुने गरेको दाबी छ ।
राजस्व र सार्वजनिक स्वास्थ्यमा असर
खुलेआम भइरहेको तस्करी र अवैध असुलीका कारण राज्यले करोडौँ रुपैयाँ बराबरको राजस्व गुमाइरहेको छ । बैध व्यवसाय धरासायी बन्दै गएका छन् भने भारतबाट भित्रिने खाद्य सामग्रीमा विषादी प्रयोग भएको आशंकाले सार्वजनिक स्वास्थ्यमा गम्भीर खतरा बढेको सरोकारवालाहरूको भनाइ छ ।
प्रहरीको प्रतिक्रिया
यी आरोपबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रबहादुर खड्काले आफू वा मातहतका कुनै पनि प्रहरी कर्मचारी अवैध असुली वा तस्करीमा संलग्न रहेको आरोप अस्वीकार गरेका छन् । उनले दोषी प्रमाणित भए कानुनअनुसार कडा कारबाही गरिने र अवैध गतिविधि नियन्त्रणका लागि निगरानी बढाइएको बताएका छन् ।
यद्यपि स्थानीयस्तरमा भने विजय यादव नेटवर्क, सखुवामा नाकामा विजय पुकार र हुसैनीको प्रभाव र घुमुवा प्रहरी प्रणालीको दुरुपयोग माथि निष्पक्ष, उच्चस्तरीय छानबिन नभएसम्म सर्लाहीमा मौलाउँदै गएको तस्करी नियन्त्रण हुन कठिन बन्दै गएको आवाज चर्किँदै गएको छ ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend