काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतको निर्वाचन आयोगमा सरुवा भएको छ । २० महिना उद्योग सचिवका रुपमा काम गरेका राउत मन्त्रालयमा रहँदा उद्योग बिभाग, कम्पनी रजिष्टार कार्यालय र संस्थानका प्रमुखहरुसँग असुुलीमा ब्यस्त रहँदैआएको आरोप छ ।
उद्योग मन्त्रालयमा २०८० चैतमा सरुवा भएका थिए । राउतले मन्त्रालयमा रहँदा उद्योग बिभागका कर्मचारी खटाउँदा सेटिङका आधारमा गर्ने गरेको आरोप छ ।
दुई वटा महानिर्देशक आफ्नै कार्यकालमा पठाएर उद्योग बिभागलाई आफ्नो अनुकूल बनाएका राउतले सेटिङमा नचल्ने कर्मचारीहरुलाई सरुवा गर्दैआएका थिए । निर्देशकहरुको थमौती र सरुवामा समेत राउतको बिशेष चासो रहँदैआएको थियो ।
सामान्य प्रशासन मन्त्रालयले गरेको उद्योग बिभागका निर्देशकहरुको थमौतीमा राउत आफैं संलग्न हुनुले उनी बिभागप्रति कति चासो राख्छन् भन्ने पुष्टि हुन्छ । पछिल्लो समय जेनजी सरकारका उद्योग मन्त्री अनिलकुमार सिन्हालाई समेत आफूमार्फत् काम लगाउने वातावरण बनाएका थिए । त्यही भएरै होला, उद्योग मन्त्री सिन्हाले आफूसँग भेट्न आउनेहरुलाई सचिवमार्फत् आउन अनुरोध गर्ने गरेका थिए ।
सामान्यले उद्योग मन्त्रालयमातहतबाट स्थानीय सरुवा गरेका उपसचिवद्वय रमिला भण्डारी, सोम गौतम र बुद्धि उपाध्यायलाई लामो समयसम्म रमाना नदिई आफ्नै संरक्षणमा राखेका थिए । उनकै आग्रहमा मन्त्री सिन्हाले भण्डारीलाई भूमिब्यवस्था मन्त्रालयको आफ्नै सचिवालयमा राखेका छन् । उद्योग बिभागका पछिल्ला सरुवा छानीछानी हुनुमा पनि राउतको ठूलो भूमिका छ । २ बर्ष पुगेका कर्मचारीहरुलाई सरुवा गर्नुपर्ने प्रावधानलाई मिच्दै राउतले उद्योग बिभागमा आधा दर्जन बिभिन्न पदमा कार्यरत कर्मचारीहरुको सरुवा रोकेर बाँकीलाई अन्य निकायमा खटाएका छन् ।
मन्त्रालयबाट उपसचिवद्वय सुरेश दाहाल र इन्द्रकुमारी थपलियालाई उनकै कोटामा उद्योग बिभागमा पठाउँदा उनले संरक्षण गरेका उपसचिव बिष्णु भट्टराई, मेकानिकल इन्जीनीयर अर्जुन चौधरी, केमिकल इन्जीनीयर आनन्द अर्याल, शाखा अधिकृत बेनुपराज कार्कीको भने थमौती भएको छ । उपसचिव भट्टराई मन्त्रालयमा हुँदै सचिवको राउतको कार्यकक्षमा जाँदा मर्यादाबिपरीत उठेर स्वागत गर्ने गरेको बिषय अहिलेसमेत चर्चा हुने गरेको छ । अर्याल र चौधरीले बेलाबखत सचिव राउतको घरमै पुगी सेवा गर्ने गरेको स्रोतको दाबी छ ।
कम्पनी रजिष्टार कार्यालय र उद्योग बिभागमा अनियमित तरिकाले कर्मचारी सरुवा गरेर राउतले ती कार्यालयलाई अस्थिर बनाएको आरोप छ । उद्योग मन्त्रालयमा २० महिना बसेर राउत चुनाव गर्ने तयारीमा रहेको निर्वाचन आयोगमा सरुवा भएका छन् । चुनावमा आयोगमा अरबौं बजेट परिचालन गर्न पाउने भएकाले उनी आयोगमा गएका हुन् । निर्वाचन आयोगको खरिदमा सेटिङ गर्नकै लागि ठेकेदारहरुले नै कामु प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग लाइन मिलाएर उनलाई सरुवा गराएको स्रोतको दाबी छ ।
२ बर्षअघि ललिता निवास जग्गामा कीर्ते गरेको आरोपमा सचिव राउतलाई २०८० असार २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गरेपछि उनलाई सर्वोच्च अदालतले थुनामुक्त गरेको थियो ।
भवानी खतिवडा अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend