Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • रौतहटमा अज्ञात समूहले चलाएको गोली लागेर एक जना घाइते


    बुधबार, कार्तिक १९ २०८३
    55
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका छन् ।

    यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    गएराति सवा ९ बजे बजेको समयमा यादवमाथि गोली प्रहार भएको र उनको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेका प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार