काठमाडौं । विपक्षी दलहरूले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिको बैठक बोलाउन माग गरेका छन् । बिचौलिया इनम सापकोटासँग जोडिएर आएका अडियो र उनीसँग सम्बन्धित रहेर उठेका प्रश्नहरूउपर छानबिन हुनुपर्ने भन्दै विपक्षी दलहरूले समितिको बैठक बोलाउन माग गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पत्र नै लेखेर समितिको बैठक बोलाउन माग गरेका छन् । अन्य विपक्षी दलहरूले अनौपचारिक रूपमा बैठक बोलाउन माग गरेको बताएका छन् ।
समिति सभापति हरि ढकाललाई सम्बोधन गर्दै शाहीले लेखेको पत्रमा पछिल्लो समय नेपाल प्रहरीका महानिरीक्षक र सरकारबीच देखिएको तिक्तता, बिना कसुर पत्रकारहरू पक्राउ गरिनु, राज्यशक्तिको चरम दुरुपयोग हुनु तथा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको निवासमा प्रहरी हिरासतमा लगिएका व्यक्तिको मोबाइल फोन जफत गरिनुजस्ता गम्भीर र चिन्ताजनक घटनाहरू सार्वजनिक भएको उल्लेख छ ।
राज्य व्यवस्था र सुशासनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयमा गम्भीर छलफल र आवश्यक छानबिनका लागि तत्काल राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाउन माग गरिएको छ ।
साथै, संसदीय समितिको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री, गृहसचिव तथा नेपाल प्रहरीका महानिरीक्षकलाई अनिवार्य रूपमा उपस्थित गराई सम्बन्धित विषयमा स्पष्ट जवाफ माग्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल पनि समितिको बैठक राख्न माग गर्दै पत्र पठाएका छन् ।
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका...
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बुधबार बस्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरमा बैठक बस्न लागेको हो। बैठकको कार्यसूचीबारे विस्तृत जानकारी सार्वजनिक भएको...
काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी,आइडियल यमुना...
धनगढी । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित बुधबार बिहान दक्षिणकाली...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend