Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६० प्रतिशत मत खस्यो : निर्वाचन आयोग


    बिहिबार, फाल्गुन २१ २०८२
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बिहीबार भएको निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको नर्वाचन आयोगले जनाएको छ ।

    आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा निर्वाचनबारे विवरण दिएका छन् । उनले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पन्न भएको मतदानमा ६० प्रतिशत मतदान भएको बताएका छन् ।

    भण्डारीका अनुसार देशभर करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक विवरण आएको छ । केही मतदान केन्द्रमा अहिले पनि मत खस्ने प्रक्रिया जारी रहेको उनले बताए । निर्वाचन पर्यवेक्षणमा खटिएका संस्थाहरूले सम्पूर्ण प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित भएको रिपोर्ट दिएका उनले बताए ।

    ‘मतगणनास्थलमा मतपेटिका आएपछि गणना थालिनेछ । हिमाली क्षेत्रका १५ जिल्लाका मतपेटिका भोलिसम्म सदरमुकाममा ल्याएर गणना सुरु गरिने योजना छ’, उनले भने ।
    तोकिएको मितिमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नु चुनौतीपूर्ण भए पनि प्रक्रिया सफल भएको भण्डारीले उल्लेख गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार