काठमाडौं । कार्यालय प्रमुखको कमाण्ड कमजोर हुँदा कर्मचारीहरुको मनपरीले सीमा नाघ्ने गर्दछ । कमजोर निर्णय क्षमता भएका कार्यालय प्रमुखका कारण कम्पनी रजिष्टार कार्यालयमा अनियमितता बढिरहेको छ ।
अवकाश हुन करिब एक बर्ष अवधि बाँकी भएका दीपककुमार पहाडीलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्टारका रुपमा पठाएपछि उक्त कार्यालयमा बेथितिले सीमा नै नाघेको छ । कम्पनी रजिष्टार कार्यालयभित्र ट्रेड युनियनको नेतादेखि केही उपसचिवले सेवाग्राहीलाई दिनुसम्म दु्ःख दिने गरेको गुनासो छ ।
नायबसुब्बा श्रीराम पौडेलले कर्मचारी युनियनको आडमा संस्थालाई बदनाम गराउँदैआएका छन् । आर्थिक लाभ लिएर बिना बैंक भौचर सेयर लगत कायम गरिदिने, आर्थिक लाभको प्रलोभन नदिने सेवाग्राहीको काम क्यू सिष्टममा राखिदिने पौडेलको कार्यलाई उपसचिव बर्तराज पौडेलले साथ दिंदैआएका छन् । कम्पनी रजिष्टार कार्यालयभित्र अख्तियारको निगरानी हुने भएकाले नासु पौडेलले दशरथ रंगशालावरिपरि बिचौलिया राखी सेवाग्राहीबाट घुस बुझ्ने गरेको आरोप छ । रंगशालानिर राखिएका बिचौलियाले घुस लिएपछि मिसकल गर्ने र नासु पौडेलले फाइल अगाडि बढाउने गरेको कम्पनी रजिष्टारमा काम गराउँदैआएका एक सेवाग्राहीले नेपालफेसलाई बताए ।
नासु श्रीराम पौडेलको उपरजिष्टार बर्तराजसँग मात्र होइन, कानुनका उपसचिव टोपबहादुर बिष्टसँग पनि उस्तै सेटिङ चल्दैआएको छ । कम्पनी रजिष्टार स्रोतका अनुसार बिष्ट २ बर्षदेखि कम्पनी रजिष्टार कार्यालयमा कानुन उपसचिवका रुपमा कार्यरत छन् ।
विगतमा कानुनका उपसचिवले कम्पनीका मुद्दा मामिला लगायतका बिषयमा मात्र काम गर्ने गरेको बिष्टले प्रशासनका कर्मचारीले गर्ने कामलाई मूल प्राथमिकता दिएर मुद्दा मामिलाका बिषयलाई गौण राख्दैआएका छन् । शाखा अधिकृत हुँदा पनि कम्पनी रजिष्टार कार्यालयमा काम गरी उद्योग विभागमा सरुवा भएका बिष्ट घुमिफिरी बढुवा भएपछि कम्पनी छिरेका हुन् । कम्पनीमा हुने आर्थिक चलखेलको अनुभव पहिल्यै भएकाले उनी दोस्रोपटक शक्तिको आडमा सरुवा भएका हुन् । बिष्ट उद्योग र कम्पनीमा रहँदा कानुन समूहको शाखा अधिकृतको दरबन्दी थियो ।
विगत केही बर्षदेखि उद्योग विभाग र कम्पनी रजिष्टार कार्यालयमा कानुनको उपसचिवको दरबन्दी कायम गरिएको छ । घुमिफिरी रजिष्टार कार्यालयमा आएपछि कम्पनी प्रशासनको काम नपाए कामै नगर्ने अड्डी लिएपछि तत्कालीन रजिष्टार प्रदीपराज अधिकारीले बिष्टलाई पब्लिक लिमिटेडको काम हेर्नेगरी अख्तियारी दिएका थिए । जबकि त्यसबेला उपसचिव तुल्सीराम गैरेले पब्लिक लिमिटेडको काम हेर्र्ने जिम्मेवारी पाएका थिए ।
उपसचिव बिष्टले अड्डी कसेपछि अधिकारीले गैरेको शाखाबाट निकालेर कानुन शाखाका बिष्टलाई दिएका थिए । त्यतिबेला कानुनलाई अधिकार दिएपछि प्रशासनका कर्मचारीहरु आक्रोशित भएका थिए । रजिष्टार कार्यालयमा हाल २ हजार जति पब्लिक लिमिटेड कम्पनी छन् । ती कम्पनीका कुनै न कुनै काम दैनिकजसो हुने गरेको र हरेक काममा आर्थिक लेनदेन हुने गरेको, त्यसको सेटिङ बिष्टका अलावा नासु श्रीराम पौडेलले गर्दैआएका छन् ।
दैनिक २ सय भन्दा बढी फाइल बिष्टले सदर गर्ने गरेका छन् । उनीसरहका र अधिकार प्राप्त उपरजिष्टार सोमराज बराल, लोकराज जोशी, उत्तमकुमार घिमिरे र कृष्ण सापकोटा हाई काढेर बस्न बाध्य छन् । बिष्टलाई हेर्दै नहेरी फाइल सदर गर्न भ्याई नभ्याई छ ।
गुल्मीका बिष्ट आफूलाई कानुनका जानकार भएको बताउँछन् । तर उनी कम्पनी प्रशासन, कानुन र पब्लिक लिमिटेडको बिषयमा भने अनभिज्ञ नै रहेको रजिष्टार कार्यालयमा सेवा लिन पुगेका एक कानुन ब्यवसायी बताउँछन् । आर्थिक लाभ लिएर कम्पनी प्रशासनतिर बढी ध्यान दिंदा बिष्टको कानुनी ज्ञान बोधो हुँदै गएको ती कानुन ब्यवसायीको दाबी छ ।
टेबुलमा टिप्पणी फाइल देख्नेबित्तिकै हेर्दै नहेरी सही गर्नुका पछाडि सेटिङ र आर्थिक लाभ नै मुख्य कारण भएको स्र्रोत बताउँछ । नासु श्रीराम पौडेलले सेटिङमा उठाएको टिप्पणी पढ्दै नपढी शाखा अधिकृत(सहायक रजिष्टार)लाई छलेर बिष्टबाट सदर हुँदैआएको छ । उनले सदर गरेका फाइल पल्टाएर हेर्ने हो भने यस्ता सेटिङका धेरै तथ्यहरु खुल्ने सेवाग्राही बताउँछन् ।
बर्तराज, श्रीराम र टोपबहादुरको अनियमितताका बारेमा रजिष्टार दीपककुमार पहाडीकोमा मात्र होइन, उद्योग सचिव र मन्त्रीकोमा पनि गुनासो पुिगसकेको छ । तर आर्थिक लाभको हिस्सा त्यहाँसम्म पुगेकैले हुनसक्छ, जति गुनासो पुगे पनि सुनुवाइ हुन सकेको छैन । भर्खरै सरुवा भएर आएका रजिष्टार पहाडी पनि तँै चुप मै चुपको अवस्थामा छन् । गुनासो गर्नेहरुलाई उल्टै उनले हप्काउँदै भन्ने गरेका छन्, पैसा दिएर काम गराउनुहुन्छ, अब मैले के गर्नु त ?
रजिष्टार कार्यालयमा सेवा लिन पुगेका एक कानुन ब्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने–कार्यालय प्रमुख, मन्त्रालयको नेतृत्व नै उनीहरुको सेटिङको हिस्सेदार भएपछि गुनासो गर्नेहरु कहाँ जाने ?
उद्योग विभाग जाने दाउमा रहेका उपसचिव सोमराज बराल पनि एक महिनाअघि कम्पनी रजिष्टारमा पुगेका छन् । उनी रजिष्टार पहाडीसँगको घनिष्ठताका कारण उद्योग जान नपाएपछि कम्पनीमा गएका ह्ुन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend