काठमाडौं । कार्यालय प्रमुखको कमाण्ड कमजोर हुँदा कर्मचारीहरुको मनपरीले सीमा नाघ्ने गर्दछ । कमजोर निर्णय क्षमता भएका कार्यालय प्रमुखका कारण कम्पनी रजिष्टार कार्यालयमा अनियमितता बढिरहेको छ ।
अवकाश हुन करिब एक बर्ष अवधि बाँकी भएका दीपककुमार पहाडीलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले कम्पनी रजिष्टारका रुपमा पठाएपछि उक्त कार्यालयमा बेथितिले सीमा नै नाघेको छ । कम्पनी रजिष्टार कार्यालयभित्र ट्रेड युनियनको नेतादेखि केही उपसचिवले सेवाग्राहीलाई दिनुसम्म दु्ःख दिने गरेको गुनासो छ ।
नायबसुब्बा श्रीराम पौडेलले कर्मचारी युनियनको आडमा संस्थालाई बदनाम गराउँदैआएका छन् । आर्थिक लाभ लिएर बिना बैंक भौचर सेयर लगत कायम गरिदिने, आर्थिक लाभको प्रलोभन नदिने सेवाग्राहीको काम क्यू सिष्टममा राखिदिने पौडेलको कार्यलाई उपसचिव बर्तराज पौडेलले साथ दिंदैआएका छन् । कम्पनी रजिष्टार कार्यालयभित्र अख्तियारको निगरानी हुने भएकाले नासु पौडेलले दशरथ रंगशालावरिपरि बिचौलिया राखी सेवाग्राहीबाट घुस बुझ्ने गरेको आरोप छ । रंगशालानिर राखिएका बिचौलियाले घुस लिएपछि मिसकल गर्ने र नासु पौडेलले फाइल अगाडि बढाउने गरेको कम्पनी रजिष्टारमा काम गराउँदैआएका एक सेवाग्राहीले नेपालफेसलाई बताए ।
नासु श्रीराम पौडेलको उपरजिष्टार बर्तराजसँग मात्र होइन, कानुनका उपसचिव टोपबहादुर बिष्टसँग पनि उस्तै सेटिङ चल्दैआएको छ । कम्पनी रजिष्टार स्रोतका अनुसार बिष्ट २ बर्षदेखि कम्पनी रजिष्टार कार्यालयमा कानुन उपसचिवका रुपमा कार्यरत छन् ।
विगतमा कानुनका उपसचिवले कम्पनीका मुद्दा मामिला लगायतका बिषयमा मात्र काम गर्ने गरेको बिष्टले प्रशासनका कर्मचारीले गर्ने कामलाई मूल प्राथमिकता दिएर मुद्दा मामिलाका बिषयलाई गौण राख्दैआएका छन् । शाखा अधिकृत हुँदा पनि कम्पनी रजिष्टार कार्यालयमा काम गरी उद्योग विभागमा सरुवा भएका बिष्ट घुमिफिरी बढुवा भएपछि कम्पनी छिरेका हुन् । कम्पनीमा हुने आर्थिक चलखेलको अनुभव पहिल्यै भएकाले उनी दोस्रोपटक शक्तिको आडमा सरुवा भएका हुन् । बिष्ट उद्योग र कम्पनीमा रहँदा कानुन समूहको शाखा अधिकृतको दरबन्दी थियो ।
विगत केही बर्षदेखि उद्योग विभाग र कम्पनी रजिष्टार कार्यालयमा कानुनको उपसचिवको दरबन्दी कायम गरिएको छ । घुमिफिरी रजिष्टार कार्यालयमा आएपछि कम्पनी प्रशासनको काम नपाए कामै नगर्ने अड्डी लिएपछि तत्कालीन रजिष्टार प्रदीपराज अधिकारीले बिष्टलाई पब्लिक लिमिटेडको काम हेर्नेगरी अख्तियारी दिएका थिए । जबकि त्यसबेला उपसचिव तुल्सीराम गैरेले पब्लिक लिमिटेडको काम हेर्र्ने जिम्मेवारी पाएका थिए ।
उपसचिव बिष्टले अड्डी कसेपछि अधिकारीले गैरेको शाखाबाट निकालेर कानुन शाखाका बिष्टलाई दिएका थिए । त्यतिबेला कानुनलाई अधिकार दिएपछि प्रशासनका कर्मचारीहरु आक्रोशित भएका थिए । रजिष्टार कार्यालयमा हाल २ हजार जति पब्लिक लिमिटेड कम्पनी छन् । ती कम्पनीका कुनै न कुनै काम दैनिकजसो हुने गरेको र हरेक काममा आर्थिक लेनदेन हुने गरेको, त्यसको सेटिङ बिष्टका अलावा नासु श्रीराम पौडेलले गर्दैआएका छन् ।
दैनिक २ सय भन्दा बढी फाइल बिष्टले सदर गर्ने गरेका छन् । उनीसरहका र अधिकार प्राप्त उपरजिष्टार सोमराज बराल, लोकराज जोशी, उत्तमकुमार घिमिरे र कृष्ण सापकोटा हाई काढेर बस्न बाध्य छन् । बिष्टलाई हेर्दै नहेरी फाइल सदर गर्न भ्याई नभ्याई छ ।
गुल्मीका बिष्ट आफूलाई कानुनका जानकार भएको बताउँछन् । तर उनी कम्पनी प्रशासन, कानुन र पब्लिक लिमिटेडको बिषयमा भने अनभिज्ञ नै रहेको रजिष्टार कार्यालयमा सेवा लिन पुगेका एक कानुन ब्यवसायी बताउँछन् । आर्थिक लाभ लिएर कम्पनी प्रशासनतिर बढी ध्यान दिंदा बिष्टको कानुनी ज्ञान बोधो हुँदै गएको ती कानुन ब्यवसायीको दाबी छ ।
टेबुलमा टिप्पणी फाइल देख्नेबित्तिकै हेर्दै नहेरी सही गर्नुका पछाडि सेटिङ र आर्थिक लाभ नै मुख्य कारण भएको स्र्रोत बताउँछ । नासु श्रीराम पौडेलले सेटिङमा उठाएको टिप्पणी पढ्दै नपढी शाखा अधिकृत(सहायक रजिष्टार)लाई छलेर बिष्टबाट सदर हुँदैआएको छ । उनले सदर गरेका फाइल पल्टाएर हेर्ने हो भने यस्ता सेटिङका धेरै तथ्यहरु खुल्ने सेवाग्राही बताउँछन् ।
बर्तराज, श्रीराम र टोपबहादुरको अनियमितताका बारेमा रजिष्टार दीपककुमार पहाडीकोमा मात्र होइन, उद्योग सचिव र मन्त्रीकोमा पनि गुनासो पुिगसकेको छ । तर आर्थिक लाभको हिस्सा त्यहाँसम्म पुगेकैले हुनसक्छ, जति गुनासो पुगे पनि सुनुवाइ हुन सकेको छैन । भर्खरै सरुवा भएर आएका रजिष्टार पहाडी पनि तँै चुप मै चुपको अवस्थामा छन् । गुनासो गर्नेहरुलाई उल्टै उनले हप्काउँदै भन्ने गरेका छन्, पैसा दिएर काम गराउनुहुन्छ, अब मैले के गर्नु त ?
रजिष्टार कार्यालयमा सेवा लिन पुगेका एक कानुन ब्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने–कार्यालय प्रमुख, मन्त्रालयको नेतृत्व नै उनीहरुको सेटिङको हिस्सेदार भएपछि गुनासो गर्नेहरु कहाँ जाने ?
उद्योग विभाग जाने दाउमा रहेका उपसचिव सोमराज बराल पनि एक महिनाअघि कम्पनी रजिष्टारमा पुगेका छन् । उनी रजिष्टार पहाडीसँगको घनिष्ठताका कारण उद्योग जान नपाएपछि कम्पनीमा गएका ह्ुन् ।
काठामाडौं । सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरी हटाइएकाहरुलाई वालेन्द्र शाह सरकारले धमाधम नियुक्ति दिइरहेको छ । वालेन्द्र शाह प्रधानमन्त्री भएपछि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । एक अर्ब भन्दा बढी मूल्य पर्ने काठको अबैध र अनियमित कटान, मुछान, घाटगद्दी र लिलाम गर्ने ३ जनाबिरुद्ध उजुरी परेको र अख्तियार...
काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। अध्यादेश ल्याएर भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त गरिएपछि घिमिरे नै निमित्त अध्यक्षको जिम्मेवारीमा थिए। पछिल्लो मन्त्रिपरिषद्...
काठमाडौं । ‘लाखौँका लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ’ भन्ने यो पुरानो गीत निजामती प्रशासनमा पनि चरितार्थ हुने गरेको छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend