काठमाडौं । कम्पनी रजिष्टार कार्यालयमा बेथितिको चाङ नै थुप्रिएको छ । रजिष्टारमा प्रदीप अधिकारी दोहोरिएर आएपछि रजिष्टारको कार्यकक्ष बिचौलियाहरुको चियागफ गर्ने अड्डाका रुपमा परिणत भएको छ ।
यसअघि रजिष्टार हुँदा कम्पनी प्रशासनमा सुधार गरेको श्रेय पाएका अधिकारी दोहोरिएर आएपछि आर्थिक संकलनमा बढी केन्द्रित भएका भएका छन् । स्थायी बिचौलियाहरुको घेरामा परेका अधिकारीको अधिकांश समय उनीहरुसँगै उठबसमा बित्ने गर्दा कार्यालयका कर्मचारीले कामविशेषमा समेत भेट पाउन नसकेको गुनासो बढिरहेको छ ।
बिचौलियाहरुसँग अधिकारीले उद्योग मन्त्री दामोदर भण्डारी र सचिवालयका कर्मचारीले पैसा मागेको भन्दै अर्थ संकलन गर्ने गरेका छन् । अधिकांश समय अर्थसंकलनकै चिन्तामा रहने गरेका अधिकारीले फाँटैपिच्छेका कर्मचारीहरुसँग साप्ताहिक रुपमा बुझाउने दररेट तोक्ने गरेको आरोप छ ।
कम्पनी दर्ता गर्नका लागि कम्पनीको नामसहित अनलाइन निवेदन दिनुपर्छ । कतै पनि नजुध्नेगरी नाम राखे पनि कम्पनीका कर्मचारीले नाम नै एप्रुभ गर्दैनन् । नदोहोरिने गरी नाम राखेर कम्पनी दर्ताका लागि जाने सेवाग्राहीलाई कर्मचारीले उक्त नाम दोहोरिएको वा अनेक बहाना गरी एप्रुभ गर्न मान्दैनन् ।
कम्पनी रजिष्टार कार्यालय परिसरमा यत्रतत्र रहेका बिचौलियाहरु ५० हजार घुस दिए नाम एप्रुभ गरिदिने भन्ने गर्दछन् । सेवाग्राही दिनहुँ धाउँदा पनि नाम एप्रुभ नभएपछि तिनै बिचौलियाको शरणमा पुग्छ र ५० हजार दिन्छ । सेवाग्राहीसँग नाम दोहोरिएको वा नमिलेको भन्ने बहाना बनाई एप्रुभ नगर्ने कर्मचारीले बिचौलियाले लगेपछि खुरुक्क सदर गरिदिने गरेका छन्ु । कम्पनी दर्ताको सुरुवातदेखि नै यसरी घुसको बार्गेनिङ हुँदैआएको छ ।
दर्तादेखि अद्यावधिक, शेयरधनी परिवर्तनदेखि हरेक काममा कम्पनी रजिष्टार कार्यालयमा घुसको दररेट तोकिएको हुन्छ । सबैभन्दा बढी घुसको कारोबार पब्लिक लिमिटेड शाखामा हुने गरेको छ । जुन शाखाको हर्ताकर्ता विगत ३ बर्षदेखि कानुनका उपसचिव टोपबहादुर बिष्ट छन् ।
अधिकारीलाई रकम संकलनका लागि सबैभन्दा बढी साथ दिनेमा तिनै उपसचिव बिष्ट हुन् । तीन बर्षदेखि रजिष्टार कार्यालयमै राज गरिरहेका बिष्टले कानुन मन्त्रालयमा तेस्रो पटक सरुवा भएर गएका सचिव उदयराज सापकोटालाई समेत खुसी पारेर रजगज गरिरहेका छन् । केही समयअघि जिल्ला न्यायाधीश पद लिलाम बढाबढमा समेत उनको नाम आएको थियो । जुन लिलाममा अर्का तीसौं नम्बरका कनिष्ट उपसचिव दीपक घिमिरे र हरिसिंह धामीले बाजी मारेका छन् । झन्डै न्यायाधीश भएका बिष्ट दर्जनौं उपसचिवको सरुवा हुँदा पनि कम्पनीमै टिक्न सफल हुनुले शक्तिकेन्द्रहरुलाई खुसी पारेकैले हो भन्ने गर्दछन् कम्पनीका कर्मचारीहरु ।
बिष्टलाई रजिष्टार अधिकारीले पब्लिक लिमिटेडको समेत दोहोरो जिम्मेवारी निरन्तरता दिएका छन् । कम्पनीमा पब्लिक लिमिटेड शाखा सबैभन्दा आकर्षक मानिन्छ । कानुन र पब्लिक लिमिटेड दुबैको जिम्मेवारीमा रहेका बिष्ट रजिष्टार अधिकारी भन्दा शक्तिशाली मानिन्छन् । किनकि रजिष्टारको आर्थिक चिन्ता प्रायः सबै उनैले सल्टाइदिने गरेका छन् ।
बिष्टभन्दा अघिका कानुनका उपसचिवले अरु शाखाको काम गर्ने गरेको नजिर छैन । तर बिष्टले कानुनको भन्दा बढी ध्यान पब्लिक लिमिटेडतिर दिने गरेका छन् ।
भवानी खतिवडा अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
काठमाडौं । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बिहीबारको बैठकले बसी रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा उद्धार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend