सर्लाही । मधेस प्रदेशको सर्लाहीमा बर्षौंदेखि चल्दै आएको तस्करी अहिले प्रहरीकै संरक्षणमा खुलेआम सञ्चालन भएको तथ्य बाहिरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्काको नेतृत्वमा तस्करीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न स्थानीय प्रहरी, पासिङ एजेन्ट र तस्करबीच छुट्टै नेटवर्क बनेको प्रहरी स्रोतको दाबी छ ।
जिल्लाका प्रमुख सीमा नाका सखुवबा, फेनहरा, हिरापुर ब्यारेज, बहादुरपुर, मधुवनी गोठ, अर्नाहा र बलरातर्फ भारतबाट दैनिक रूपमा कपडा, सुपारी, सुर्ती, खाद्यान्न, किराना, बीउ, मोबाईल, चिनी, मलदेखि कुखुरासम्म भित्रिन्छ । ती मालवस्तु बरहथवा र वरपरका गोदाममा लगेर जम्मा गरिन्छ र त्यहाँबाट पिकअप तथा ट्रकमार्फत् राजधानी, हेटौंडा र बागमतीसम्म पुर्याइन्छ ।
तस्करीका रुट सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक हवल्दार भाग्यनारायण साहले नाकामा खटिएका असईदेखि स्थानीय एजेन्टसम्मको सम्पूर्ण सेटिङ मिलाइरहेका स्रोतहरूले बताएका छन् ।
नाका पार गर्ने गाडी, भन्सारछलीका सामान, रकम संकलन र बितरण सबै साहकै समन्वयमा चल्ने गरेको बताइन्छ । शाहलाई एसपी स्तरबाट यस्तो गतिविधिमा पूर्ण संरक्षण मिलेको प्रहरीभित्रै चर्चा छ ।
सर्लाहीमा कपडा, किराना र खाद्यान्न तस्करीमा हिरालाल साह, इन्दु सहनी, रामेश्वर साह, करन्जित बैठाव, अमामुल, सुरेश यादव, प्रमोद यादव, बृज यादव, मुकेश शाह, बिनोद शाह, सुरेन्द्र यादव, रौसन यादव, कन्हाई पण्डित र रसिया यादव सक्रिय छन् । नवीन चौधरी ‘मुना’ कपडा, बीउ, मकै र काठपलाइमा संलग्न छन् । राजेश ठाकुर भारतबाट मकै, पटाका, बीउ ल्याएर नेपालतर्फबाट स्याउ उता पठाउने गर्छन् ।
यसबाहेक कवाड कारोबारमा विजय यादव, कपडामा सखुवबा नाकाका विजय पुकार, त्यही नाकाबाट कवाड, धान र गहुँ तस्करी गर्ने कृष्ण यादव, मोबाइल र बीउमा धर्मेन्द्र महतो, चिनी खादमा गैरको दिनेश महतो, धानमा अजय शाह, कुखुरा तस्करीमा भाड्सर–खुटौना नाकाका दिपक कलवार चौधरी सक्रिय देखिन्छन् ।
नवलपुर क्षेत्रमा किराना तस्करीमा सुबोध चौधरी संलग्न छन् । फेनहरा नाकामा खटिएका प्रहरी असईलाई नियमित रकम बुझाउने व्यक्तिको रूपमा बरहथवाका राजेश महतोको नामसमेत खुलेको छ ।
तस्करीमा संलग्न व्यक्तिहरू, नाका, रुट, गाडी, प्रहरी संलग्नता सबै सार्वजनिक जानकारीजस्तै खुला भइसके पनि जिल्ला प्रशासन, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयले कुनै कदम चाल्न सकेको छैन । प्रहरीकै प्रत्यक्ष निगरानीमा तस्करी चलिरहेकाले स्थानीयबासीले सर्लाहीलाई ‘खुलेको नाका’जस्तै अवस्था भएको टिप्पणी गरेका छन् ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरो(सीआईबी)ले गएको असोज २३ गते पक्राउ गरी धरौटीमा छुटेका बिचौलिया नवीनराज बस्नेतमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागले पनि अनुसन्धान...
काठमाडौं । मिटरब्याजको कारोबार गरी अकूत सम्पत्ति आर्जन गर्ने केही आरोपीबिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको छ । मिटरब्याजको कारोबार गर्ने केहीविरुद्ध मुद्दा दायर...
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा भष्टाचार तथा बेथितिले आफ्नो चरम सीमा नाघिसकेको छ । उक्त अस्पतालमा भइरहेको बेथिति र भ्रष्टाचारका...
सम्राट उपाध्याय नेपालको निजामती सेवामा ट्रेड युनियन यति कमजोर कहिल्यै पनि भएको थिएन । नेपाल प्रहरीले एक साताअघि संचार गृहमा गएर पत्रकारहरुलाई गिरफ्तार शुरु गर्यो...
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले आफ्ना कारोबारलाई एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण गर्न ईआरपी आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना सञ्चालन गरेको छ। यससँगै निगम नेपालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend