काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई एमालेको संज्ञा दिएका ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङले देशमा ‘विधिको शासन’ कमजोर बन्दै गएको दाबी गर्दै गृह प्रशासन र सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् उनले केही व्यक्तिहरूले सार्वजनिक रूपमा समाजलाई बिग्रहमा लैजाने, भड्काउने र हिंसा उक्साउने अभिव्यक्ति दिँदै हिँड्दा समेत सरकारले टुलुटुलु हेरेर बसिरहेको आरोप लगाएका हुन् ।
गुरुङले दुर्गा प्रसाईँले आफ्नै नागरिकताको मिति सम्बन्धी गलत तथ्य प्रस्तुत गर्दै आफूलाई बदनाम गर्ने प्रयास गरे पनि वर्तमान अवस्थामा प्रसाईँभन्दा अझ गम्भीर उक्साउने अभिव्यक्ति दिने शक्तिशाली व्यक्तिहरूलाई नछोएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–‘शान्तिपूर्ण रूपमा सडकमा उभिएका युवाहरूको टाउकोमा तक्मा राखेर गोली चलाउनेहरू मुक्त हिँडिरहेका छन्। त्यस्ता व्यक्तिमाथि गृह मन्त्रालयले त्यही कठोरता देखाउन सकेन ।’
गुरुङले आफूलाई ‘संविधानविद्’ भनेर चिनाउने व्यक्तिहरूले साना नागरिकलाई कानून लागू गरिने तर शक्तिशालीलाई छूट हुने प्रवृत्तिलाई संस्थागत गरिरहेको आरोप पनि लगाए ।
उनले प्रश्न गरे, ‘संविधानको कुन धारा भन्छ— ‘सानालाई ऐन, ठूलाीलाई चैन’? यदि विधिको शासन कार्यान्वयन हुनै नसक्ने हो भने पुरानो शासन र नयाँ शासनबीच के फरक रह्यो ?’
उनका अनुसार देशभरका हजारौं युवाले गरेको आन्दोलन, बलिदान र त्यागको सम्मान नगरी शक्तिको आडमा युवामाथि कारबाही थोपर्ने प्रवृत्ति अन्यायपूर्ण छ ।
उनले भने, ‘गृहमन्त्री आफैले युवाहरूलाई न्याय दिन्छु भन्थे । आज त्यही कुर्सीको आडमा उनीहरूलाई अपराधी साबित गर्न छानबिनको प्रतिवेदन कुरिनु पर्ने रहेनछ । तर शक्तिशाली व्यक्तिहरू भने खुलेआम ‘लोप्पा’ खुवाउँदै हिँडिरहेका छन् ।’
गुरुङका अनुसार मृतक तथा घाइते युवाहरूका परिवारले खोजिरहेको न्याय, सत्यको छानबिन र सबै नागरिकलाई समान व्यवहारको प्रत्याभूति बिना देशमा कुनै पनि प्रकारको निर्वाचन सम्भव छैन ।
उनले भने, ‘न्याय सुनिश्चित नभएसम्म जनताको विश्वास फर्किँदैन, र विश्वास बिना लोकतान्त्रिक निर्वाचनको वातावरण बन्नै सक्दैन।’ उनी गृहमन्त्री ओमप्रकाश अर्यालमाथि बेलाबेला खनिँदै आएका छन् ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend