काठमाडौं । सुशीला कार्की शनिबार राति प्रधानमन्त्रीमा नियुक्त भइन् । राष्ट्रपति भवन शितलनिवासमा सपथग्रहण गरिसकेपछि कार्कीको खुट्टा ढोगेका जेनजी समूहका सुदन गुरुङले आइताबारै राजीनामा मागेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारअगाडि आइतबार मध्यराति सुदन गुरुङ समूहका युवाले कार्कीको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् । आफूहरूको आन्दोलन हाइज्याक भएको दाबी गर्दै उनीहरूले सरकारविरुद्ध आक्रोश पोखेका हुन् ।
नाराबाजीका क्रममा जेनजी अगुवा सुदन गुरुङले तीव्र असन्तोष व्यक्त गर्दै भने, ‘म त लासमाथि हिँडिरहेको थिएँ, यहाँ क–कसलाई मन्त्री बनाउने खेल भइरहेको रहेछ ।’
उनका समर्थक युवाहरूले पनि आन्दोलनको नेतृत्वकर्ता आफूहरू नै भएको दाबी गर्दै, ‘हाम्रो आन्दोलन हाइज्याक भयो’ भन्दै चर्को नाराबाजी गरेका छन् ।
सुदन गुरुङले ओमप्रकाश अर्यालको नाम लिएर आक्रोश पोखेका छन् । ‘यो ओमप्रकाश लयर आफैंले गृहमन्त्री बनाउँदो रहेछ त्यहाँभित्र बसेर,’ उनले आक्रोशमा भनेका छन् ।
गुरुङले चेतावनीस्वरूप भने– ‘हामीले भनेको मानिएन भने भोलिदेखि सबैलाई बाहिर निकाल्छौँ ।’ उनीहरुले अधिवक्ता ओमप्रकाश अर्याललाई कानुन तथा गृहमन्त्री बनाएपछि प्रदर्शन गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री सुशीला कार्की ‘राजीनामा दे’ भन्दै नाराबाजी गरेका थिए ।
कानुनसहित गृहमन्त्रीमा नियुक्त ओमप्रकाश अर्याललाई नियुृक्ति गरेकोमा जेनजी समूह रुष्ट भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका कानुनी सल्लाहकार रहेका अर्यालमाथि एउटा विवादास्पद मुद्दामा बहस पैरवी गरेको आरोप पनि लागेको छ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend