काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्षरूपमा जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सुविधा दिने विषयमा सरकार लागि परेको बताउनुभएको छ ।
मंगलबार जिल्ला होटल व्यवसायी संघ काठमाडौैंका अध्यक्ष सुरेश बरालसहितको टोलीले दिएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै ऊर्जामन्त्री खड्काले पर्यटन र होटल व्यवसाय देशको अर्थतन्त्रलाई टेवा दिने क्षेत्रभएकाले यसको प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि उत्पादनमूलक उद्योगसरह आवश्यक सहुलियत दिनेबारे सरकार सकारात्मक रहेको बताउनुभयो ।
संघले बुझाएको ज्ञापनपत्रमा होटल व्यवसाय निरन्तर घाटामा परिरहेको, सञ्चालन खर्च धान्न कठिन भइरहेको र बिजुली महशुल उत्पादनमुखी उद्योगसरह छुटको व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गरिएको छ ।
संघका पदाधिकारीले पर्यटन क्षेत्रलाई राजश्व आर्जन गर्ने मात्र नभई विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपाल चिनाउने माध्यमका रूपमा समेत योगदान पुर्याएको बताउँदै होटललाई विशेष सुविधा दिनुपर्ने माग गरेका थिए ।
सरकारले सन २०८२–०८३ को बजेटमा होटल र रेस्टुरेन्टलाई उत्पादनमुखी उद्योगसरह मान्यता दिँदै विद्युत् महशुलमा छुटको व्यवस्था गर्ने घोषणा गरे पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको संघको गुनासो छ ।
संघका पदाधिकारीले बजेट कार्यान्वयनमा ढिलासुस्तीका कारण व्यवसाय थप संकटमा परेको भन्दै तत्काल निर्णय गर्न आग्रह गरेका छन् ।
संघका अध्यक्ष सुरेश बरालले हालको आर्थिक मन्दी र निराशाजनक व्यवसायिक अवस्थाबीच होटल व्यवसायीलाई बिजुली महशुल छुटले ठूलो राहत दिने विश्वास व्यक्त गरेका थिए । उपाध्यक्ष कुमार श्रेष्ठ, उपमहासचिव शिवलाल गिरी, सचिवालय सदस्य खेमराज उप्रेती, होटल तथा पर्यटन व्यवसायी बागमती प्रदेशका सचिवालय सदस्य संजीव श्रेष्ठ लगायतको संयुक्त टोलीले मन्त्री खड्कालाई भेट गरी ध्यानाकर्षण गराउनु भएको हो ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend