काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषयमा पार्टीको केन्द्रीय कमिटीबाट निर्णय हुनुपर्ने बताए ।
उनले भण्डारीको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत र प्रक्रियागत विषयमा गम्भीर छलफल आवश्यक रहेको बताए ।
‘पूर्वराष्ट्रपतिको हैसियतमा उनको सदस्यता नवीकरणको प्रक्रिया के हुने ? नयाँ सदस्यता आवश्यक छ कि छैन ? यस्ता गम्भीर विषयमा केन्द्रीय कमिटीले नै निर्णय गर्नुपर्छ’ बस्नेतले भने । शनिवारको बैठकमा उनले यो धारणा व्यक्त गरेका हुन् ।
बस्नेतले पार्टीको नेतृत्व आगामी कार्यकालमा पनि केपी शर्मा ओलीले नै सम्हाल्नुपर्ने प्रस्ताव राखेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रस्ताव सार्वजनिक गर्दै भने–‘एमालेभित्र नेतृत्व र पार्टीको पक्षमा उभिँदा असक्षमको ट्याग लगाउने र खुइल्याउने प्रवृत्ति बढेको छ । हाल अध्यक्षको विकल्कप तयार नभएकाले आगामी कार्यकाल पनि केपी शर्मा ओलीकै नेतृत्वमा पार्टी अघि बढ्नुपर्छ ।’
उनले राष्ट्रपतिको गरिमा र सक्रिय राजनीतिमा फर्कने प्रक्रियामा गल्ती हुन नहुनेमा जोड दिए । ‘सक्रिय राजनीतिमा फर्कँदा मर्यादामा आँच आउने प्रक्रियागत त्रुटि गर्नुहुँदैन, यो लोकतन्त्र र आन्तरिक जनवादसँग मेल खाँदैन’ उनले भने ।
बस्नेतले पार्टीको ७० वर्षे उमेर हद र दुई वर्षे कार्यकालको मापदण्डबारे पनि टिप्पणी गरे । उनले विधानलाई जालझेल र षड्यन्त्रको आरोपबाट जोगाउन क्षमता र योग्यताका आधारमा नेता चयन गर्ने संस्कृति विकास गर्नुपर्ने बताए । ‘हटाउने प्रस्ताव सचिवालयले ल्याएको छ, त्यसलाई पास गरौं’ उनले भने । साथै, उनले भण्डारीलाई वैकल्पिक नेताको नाममा गुट बनाएर पार्टी कमजोर पार्ने खेल बन्द गर्न आग्रह गरे ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend