काठमाडौं । नेकपा(एमाले) का सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले आफ्नो गिरफ्तारीको तयारी भइरहेको भन्दै त्यसलाई राजनीतिक प्रतिशोधसँग जोडेका छन् । शोभा पाठकले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गर्ने चर्चा भइरहँदा उनले सामाजिक संजालमा प्रतिशोधको संज्ञा दिएका छन् ।
बस्नेतले केपी शर्मा ओली विरुद्ध भइरहेको पक्राउलाई ‘प्रतिशोधात्मक’ भन्दै त्यसको विरोधमा उठेको आन्दोलन कमजोर पार्न आफूलाई निशाना बनाइएको आरोप लगाए ।
उनका अनुसार तीन वर्षअघि नै एक ‘फेक व्यक्ति’ प्रयोग गरेर आफूविरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो, जुन प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको दाबी उनले गरेका छन् ।
सोही विषयमा उच्च अदालत पाटनमा दायर गरिएको रिटसमेत खारेज भइसकेको उनले उल्लेख गरेका छन् ।
बस्नेतले अहिले पुनः सोही विषयमा पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि ‘नक्कली जाहेरी’ प्रयोग गरेर आफूलाई पक्राउ गर्ने योजना बनाइएको आरोप लगाए । उनले यसलाई “मिडिया ट्रायल” को संज्ञा दिएका छन् ।
उनले वर्तमान सरकारमाथि कडा प्रहार गर्दै बालेन शाह नेतृत्वको सरकारलाई “निरंकुश र अधिनायकवादी शैलीको” भनेका छन्। साथै, गृहमन्त्री सुदन गुरुङलाई लक्षित गर्दै यस्तो गतिविधि “कुकर्म” भएको टिप्पणी गरेका छन्।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend