Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मलाई पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत


    सोमबार, चैत्र १६ २०८२
    520
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा(एमाले) का सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उनले आफ्नो गिरफ्तारीको तयारी भइरहेको भन्दै त्यसलाई राजनीतिक प्रतिशोधसँग जोडेका छन् । शोभा पाठकले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गर्ने चर्चा भइरहँदा उनले सामाजिक संजालमा प्रतिशोधको संज्ञा दिएका छन् ।

    बस्नेतले केपी शर्मा ओली विरुद्ध भइरहेको पक्राउलाई ‘प्रतिशोधात्मक’ भन्दै त्यसको विरोधमा उठेको आन्दोलन कमजोर पार्न आफूलाई निशाना बनाइएको आरोप लगाए ।
    उनका अनुसार तीन वर्षअघि नै एक ‘फेक व्यक्ति’ प्रयोग गरेर आफूविरुद्ध झुट्टा जाहेरी दर्ता गराइएको थियो, जुन प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको दाबी उनले गरेका छन् ।

    सोही विषयमा उच्च अदालत पाटनमा दायर गरिएको रिटसमेत खारेज भइसकेको उनले उल्लेख गरेका छन् ।

    बस्नेतले अहिले पुनः सोही विषयमा पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा फेरि ‘नक्कली जाहेरी’ प्रयोग गरेर आफूलाई पक्राउ गर्ने योजना बनाइएको आरोप लगाए । उनले यसलाई “मिडिया ट्रायल” को संज्ञा दिएका छन् ।

    उनले वर्तमान सरकारमाथि कडा प्रहार गर्दै बालेन शाह नेतृत्वको सरकारलाई “निरंकुश र अधिनायकवादी शैलीको” भनेका छन्। साथै, गृहमन्त्री सुदन गुरुङलाई लक्षित गर्दै यस्तो गतिविधि “कुकर्म” भएको टिप्पणी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार