काठमाडौं । जेनजी प्रदर्शनपछि भक्तपुरको गुण्डुमा सीमित भएका एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चिन्ता गरेका छन् ।
नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको एकता हुने भएपछि बस्नेतलाई चिन्ता लागेको छ । उनले समाजवादी एमालेबाट हात्ती लिएर गएको तर अहिले बोको लिएर एमालेमा फर्के हुन्छ भनेर सामाजिक संजालमा लेखेका छन् ।
बस्नेतले लेखेका छन्–‘माधव नेपाल ठूलो तनावमा भन्ने सुनियो ! नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने पक्कापक्की निर्णय बाहिरिएपछि, उनका आफ्नै पार्टीका नेताहरू र कार्यकर्ताहरूले विरोध गर्दै एमालेसँग एकता गर्न दबाब दिन थालेका छन् ।
जनताको बहुदलीय जनवाद त्यागेर माओवादीसँग जाने कुरा आधाभन्दा धेरै कार्यकर्ताले स्वीकार नगर्ने भएपछि माधवको स्थिति झनै जटिल बन्दै गएको छ ।
एमाले विभाजित गराएर देशलाई धोका दिएर गएका माधव नेपालले माओवादीमा आफ्नो पार्टी विलय गराउनुभन्दा हात्ती लिएर गएका हुन् बरु बोको लिएर एमालेमा फर्के हुन्छ ।’

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend