काठमाडौं । जेनजी आन्दोलनपछि एकपछि अर्को चर्चामा आइरहेका एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्कीमाथि कुशासन, नातावाद, कृपावाद र पक्षपातको गम्भीर आरोपहरू लागेको बताएका छन् । बस्नेतले भ्रष्टाचारका ५ वटा उदाहरण दिंदै त्यसमा प्रधानमन्त्री कार्कीको मौनताप्रति प्रश्न उठाएका छन् ।
अवैध डिम्ब कारोबार प्रकरणमा जोडिएकी महान्यायाधिवक्ता सविता भण्डारीबारे प्रधानमन्त्रीको मौनताले सुशासनप्रति नै सवाल खडा गरेको उनको भनाइ छ ।
आफूलाई प्रधानमन्त्री बनाउन सहयोग पुरयाएका जेनजी समूहकै व्यक्तिहरूले मन्त्री कुलमान घिसिङ र ऊर्जा क्षेत्रका नेतृत्वविरुद्ध अख्तियारमा उजुरी दिँदै गर्दा पनि प्रधानमन्त्री मौन देखिनु शंकास्पद भएको बस्नेतको टिप्पणी छ ।
बस्नेत सामाजिक संजालमा लेख्छन्–जेन्जी आन्दोलनको बलमा बनेकी प्रधानमन्त्री आफूलाई सुशासन, इमानदारी र सुधारको प्रतीकका रूपमा प्रस्तुत गरे पनि व्यवहारमा भने कुशासन, नातावाद, कृपावाद र पक्षपातको गम्भीर आरोपहरू बढ्दै गएका छन् ।
१. अवैध डिम्ब कारोबार प्रकरणमा जोडिएकी महान्यायाधिवक्ता सविता भण्डारीबारे प्रधानमन्त्रीको मौनताले सुशासनप्रति सवाल खडा गरेको छ ।
२. आफूलाई प्रधानमन्त्री बनाउन सहयोग र्पुयाएका जेनजी समूहकै व्यक्तिहरूले मन्त्री कुलमान घिसिङ र ऊर्जा क्षेत्रका नेतृत्वविरुद्ध अख्तियारमा उजुरी दिँदै गर्दा पनि प्रधानमन्त्री मौन देखिनु शंकास्पद छ ।
३. काठमाडौं उपत्यकाजस्तो संवेदनशील क्षेत्रलाई केही समय नेतृत्वविहीन राखेर, भरपर्दा एआइजीहरूबाटै पदस्थापन नगरी रिक्त दरबन्दीमा बढुवा गरेर मात्र पदस्थापन गर्ने शैलीले प्रहरीप्रति अविश्वासको संकेत दिएको छ ।
४. नातावादको विरोधबाट उभिएको नेतृत्वले आफ्नै स्वकीय सचिव र उहाँकी श्रीमतीलाई प्रधानमन्त्री कार्यालयमै नियुक्ति गर्नु नातावाद–कृपावादको प्रत्यक्ष उदाहरणको रूपमा आलोचित भइरहेको छ ।
५. अर्थमन्त्री रामेश्वर खनालले डोल्मा कम्पनीलाई आर्थिक लाभ पुगेको भनिने लाभांश करसम्बन्धी विवाद उठिरहे पनि प्रधानमन्त्रीले यसबारे स्पष्ट प्रतिक्रिया नदिनु सुशासन प्रतिको संवेदनशीलता कमजोर देखिने अर्को पाटो हो ।
प्रधानमन्त्रीज्यू, सामान्य कुशासनकर्ताप्रति जनआक्रोश कम देखिन सक्छ, तर आफूलाई सुशासनको प्रतीक भन्दै नातावाद, कृपावाद र अस्पष्ट निर्णयमा संलग्न देखिने नेतृत्वप्रति जनताको निराशा र रोष झनै तीव्र हुन्छ ।
बेलैमा सुधार गर्नुहोस्—नत्र शक्तिको घमण्डले विगतमा आर्जन गरेको सम्मान गुम्ने जोखिम बढ्दै जान्छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend