Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमालेले टोलटोलमा डिजिटल जेनेरेसन फोर्स गठन गर्ने, जेनजीका नाममा देश बर्बाद पार्नेलाई नछाड्ने


    मंगलबार, कार्तिक ४ २०८२
    1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । एमालेका नेता महेश बस्नेतले जेनजीको आवरणमा अँध्यारो कोठामा बसेर देश बर्बाद पार्नेलाई नछाड्ने बताएका छन् । जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका एनजीओ आइएनजीओ मार्फत् देशलाई बर्बाद पार्ने विदेशी सँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने काम सुरु भएको बस्नेतले उल्लेख गरेका छन् ।

    एमालेले उनलाई तीन वटा जिम्मेवारी दिएको उल्लेख गर्दै सामाजिक संजालमा लेखेका छन्–पार्टी नेतृत्वको निर्देशनमा राष्ट्रिय युवासंघ नेपाललाई प्रदान गरिएबमोजिम तीनवटा जिम्मेवारी कामहरू तीब्र गतिमा अगाडि बढेको जानकारी गराउँछु ।

    १. जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका एनजीओ आइएनजीओ मार्फत् देशलाई बर्बाद पार्ने विदेशी सँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने काम सुरु भएको छ । एकजनालाई मात्र लिफ्ट प्रयोग गर्ने अनुमति भएको काठमाडौंको एक सरकारी कार्यालयमा को को बसेर देशको मुटु जलाउने योजना बनाए भन्ने डरलाग्दो सूचना पनि प्राप्त भएको छ ।

    २. भदौ २४ गते सरकारी र व्यक्तिगत सम्पत्ति तथा प्रहरी चौकी नष्ट गर्ने र तोडफोड गर्ने व्यक्तिहरूको विषयमा अहिलेसम्म ६ हजार ३ सय ४७ वटा भिडियो क्लिप र उनीहरूको व्यक्तिगत विवरण प्राप्त भएको छ । यसरी प्राप्त विवरणहरु विवरण बैंकमा राखिएको छ । अन्य विवरण पठाउन सबैमा अनुरोध गर्दछु ।

    देश जलाएर बनेको अहिलेको सरकारले सरकारी र व्यक्तिगत सम्पत्तिमा आगजनी गर्ने र सुरक्षाकर्मीलाई मार्नेहरुको संरक्षण गर्ने नीति लिएको छ । अहिलेको सरकारले ती अपराधीलाई संरक्षण गरे पनि हामी उनीहरूलाई उन्मुक्ति दिने छैनौं । देशको रक्षा एमालेले गर्छ, जनताको रक्षा एमालेले गर्छ ।

    ३. देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरसन फोर्स (DG  Force ) र टोल सुरक्षा समूह गठन गर्ने काम अघि बढाइएको छ । तिनले प्रहरीको मनोबल बढाउने र स्थानीय तवरमा भएका अपराध नियन्त्रणका लागि सहयोग गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार