काठमाडौं । एमालेका नेता महेश बस्नेतले जेनजीको आवरणमा अँध्यारो कोठामा बसेर देश बर्बाद पार्नेलाई नछाड्ने बताएका छन् । जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका एनजीओ आइएनजीओ मार्फत् देशलाई बर्बाद पार्ने विदेशी सँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने काम सुरु भएको बस्नेतले उल्लेख गरेका छन् ।
एमालेले उनलाई तीन वटा जिम्मेवारी दिएको उल्लेख गर्दै सामाजिक संजालमा लेखेका छन्–पार्टी नेतृत्वको निर्देशनमा राष्ट्रिय युवासंघ नेपाललाई प्रदान गरिएबमोजिम तीनवटा जिम्मेवारी कामहरू तीब्र गतिमा अगाडि बढेको जानकारी गराउँछु ।
१. जेनजी आन्दोलन भड्काएर हिंसात्मक बनाउन मुख्य भूमिका खेलेका एनजीओ आइएनजीओ मार्फत् देशलाई बर्बाद पार्ने विदेशी सँग आर्थिक लाभ लिने सबैको नाम र विवरण संकलन गर्ने काम सुरु भएको छ । एकजनालाई मात्र लिफ्ट प्रयोग गर्ने अनुमति भएको काठमाडौंको एक सरकारी कार्यालयमा को को बसेर देशको मुटु जलाउने योजना बनाए भन्ने डरलाग्दो सूचना पनि प्राप्त भएको छ ।
२. भदौ २४ गते सरकारी र व्यक्तिगत सम्पत्ति तथा प्रहरी चौकी नष्ट गर्ने र तोडफोड गर्ने व्यक्तिहरूको विषयमा अहिलेसम्म ६ हजार ३ सय ४७ वटा भिडियो क्लिप र उनीहरूको व्यक्तिगत विवरण प्राप्त भएको छ । यसरी प्राप्त विवरणहरु विवरण बैंकमा राखिएको छ । अन्य विवरण पठाउन सबैमा अनुरोध गर्दछु ।
देश जलाएर बनेको अहिलेको सरकारले सरकारी र व्यक्तिगत सम्पत्तिमा आगजनी गर्ने र सुरक्षाकर्मीलाई मार्नेहरुको संरक्षण गर्ने नीति लिएको छ । अहिलेको सरकारले ती अपराधीलाई संरक्षण गरे पनि हामी उनीहरूलाई उन्मुक्ति दिने छैनौं । देशको रक्षा एमालेले गर्छ, जनताको रक्षा एमालेले गर्छ ।
३. देशभरका प्रत्येक टोलमा डिजिटल जेनेरसन फोर्स (DG Force ) र टोल सुरक्षा समूह गठन गर्ने काम अघि बढाइएको छ । तिनले प्रहरीको मनोबल बढाउने र स्थानीय तवरमा भएका अपराध नियन्त्रणका लागि सहयोग गर्नेछ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend