काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकारले राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या गरेको आरोप लगाएका छन् । साथै, उनले यसको प्रतिवादमा उत्रिन प्रभावित गोर्खा र धादिङका बासिन्दाका आलावा सचेत नागरिकसँग अपिल गरेका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्षसमेत रहेका भट्टराईले शनिबार बिहान सामाजिक सञ्जालमा टिप्पणी पोस्ट गर्दै २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारले घाँटी रेट्न सुरु गरेको र अहिले ओली सरकारले २०८२–०८३ को बजेटमार्फत् त्यसको हत्या गरेको दाबी गरेका हुन् ।
डा. भट्टराईले देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजनाका रूपमा यसको प्रमुख परिकल्पनाकार र पहलकर्ता आफू रहेको भन्दै यो निर्माण नहुनु सरासर बदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णय भएको बताएका छन् ।
डा भट्टराईले सामाजिक संजालमा लेखेका छन्–‘अन्ततः राष्ट्रिय गौरवको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको हत्या भएको छ । २०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरबार चलाएर घाँटी रेट्न सुरु गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले २०८२र०८३ को बजेट–बक्तव्य ९बुँदा २२४० मार्फत कथित ‘सार्वजनिक निजी साझेदारीमा निर्माण गरिनेछ’ भनेर पूरै घाँटी छिनालेको छ ।’
उनले यसको माग गर्ने गोरखा र धादिङका प्रभावित क्षेत्रका जनताप्रति सहानुभूति र ऐक्यबद्धता जनाउँदै अगाडि भनेका छन्, ‘यो राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णयको सशक्त प्रतिवाद गर्न म प्रभावित क्षेत्रका जनता र सबै सचेत नागरिकहरूसँग हार्दिक अपिल गर्दछु ।’ डा भट्टराईले वक्तव्यसँगै केही कागजातहरु समेत सार्वजनिक गरेका छन् ।’
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend