काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट अरब र यूरोपका देशमा भिजिट भिसाबाट नेपालीलाई उडाउँदा दैनिक ५० लाख घुस लिने गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई) का नाममा जारी पाँच वर्षे ‘मल्टिपल इन्ट्री’ अमेरिकी भिसा रद्द गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत भट्टराईलाई गत बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएपछि अमेरिकी सरकारले उक्त कदम चालेको हो ।
स्रोतका अनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्द गरिएको जानकारी परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ । गएको जेठ ७ गते बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भट्टराईलाई नियन्त्रणमा लिइएको थियो । सोही दिन सोधपुछ गरी पुनः हाजिर हुनेगरी छाडिएको थियो ।
अख्तियारले उनका मोबाइल तथा अन्य डिभाइसहरू समेत नियन्त्रणमा लिएको छ । ती डिभाइस फरेन्सिक परीक्षणका लागि पठाइएको छ ।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । नेपालको निजामती प्रशासनमा जब ऐन–नियम र कानुन परिवर्तनको समय आउँछ, एक समूहलाई ठूलो ठेक्का खुल्छ । बि.स. २०४९ मा नियमावली परिवर्तन गर्दा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend