Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • तस्करीको आशंकामा बारा प्रहरीले नियन्त्रणमा लियो ट्रक, ५३ लाख बराबरको सामान जफत


    सोमबार, फाल्गुन १९ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भन्सार छलीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ ।

    प्रहरीले सोमबार दिउँसो १ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना६ख ४४४७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो ।

    वीरगन्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भन्सार छलीको सामान रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख(एसपी)  सन्तोष तामाङले बताए ।

    उक्त ट्रकमा करिब ५३ लाख ४० हजार ९० रुपैयाँ बराबरको विभिन्न खुद्रा सामानहरू रहेको तामाङले बताए ।

    उक्त ट्रक र सामान आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।

    तामाङले तस्करीमा प्रहरीले शून्य सहनशीलता अपनाएको भन्दै तस्करी नसहने बताए । ‘हामी तस्करी नियन्त्रणमा केन्द्रित छौं,’ तामाङले भने, ‘तस्करीजन्य अपराधमा प्रहरीले शून्य सहनशीलतापूर्वक काम गरिरहेको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार