पथलैया । नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । नेपाल प्रहरीको टोली पनि परिचालित छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित हुँदा पनि भन्सारछलीका सामान ओसारपसारमा कमी आएको छैन । भन्सारछलीका सामान ओसारपसार नरोकिंदा भारतीय माछा निर्वाध भित्रने गरेको छ । कुखुरा पनि उत्तिकै भित्रिरहेको छ ।
भारतबाट खसीबोका भित्रंदा नेपालका बाख्रापालक किसान मारमा परेका छन् । माछामा आत्मनिर्भर बन्दै गरेको नेपाल भारतको आन्ध्र प्रदेशबाट निर्वाध आउने माछासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको छ । लास सड्न नदिने फर्मालिन हालिएको बिषाक्त माछा पर्सा र बाराका नाका नाकाबाट देशका हरेक सहरमा पुग्ने गरेको छ । तर भन्सारछली रोक्न तैनाथ सशस्त्र र नेपाल प्रहरीले रोक्न सकेको छैन । भारतमा कृषि क्षेत्रमा सरकारले ब्यापक अनुदान दिने भएकाले नेपाली किसानले उत्पादन गरेका माछा, दूधलगायतले प्रतिस्पर्धा गर्न सक्दैनन् । नेपालको माछादेखि खसीबोका तस्करी रोक्न खटिएका नेपाल प्रहरी र सशस्त्रका अधिकारीहरु तिनै तस्करहरुसँग सेटिङ मिलाउन तल्लीन छन् । प्रसंग हो जिल्ला प्रहरी कार्यालय बाराको ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले सरुवा भएको २ महिनामै विवादित असई मनोज यादवको नेतृत्वमा सादा पोशाकमा घुमुवा टोली खटाएका छन् । असई यादवको टोलीमा हवल्दार उमेश यादव, जवानद्वय चन्दन यादव र फिरोज आलम छन् । मनोज यादव सर्लाहीका बिभिन्न नाका हुँदै पथलैया लगायतका पोष्टमा इन्चार्ज भइसकेका थिए । उनी जागिरका दौरान ३ पटक निलम्बनमा परिसकेका छन् । उमेश यादव लामो समय पर्सा जिल्ला प्रहरी कार्यालयको घुमुवा थिए । फिरोज आलम र चन्दन पनि पर्सामा घुमुवा बर्षौं बसेका थिए ।
६ महिनाअघि मिडियामा समाचार आएपछि पर्साबाट लखेटिएका उमेश यादवलाई मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले काजमा बारामा खटाएका थिए । मनोज यादव वीरेन्द्रबाबु श्रेष्ठदेखि अरु केही एसपी हुँदा पर्सामा घुमुवा बसेका थिए । मनोज र उमेश दुबैलाई पर्साका नाका नाकाबाट भन्सारछली गर्नेहरुको बारेमा सबै जानकारी छ । उनीहरुले टान्सपोर्ट कम्पनी सबै चिनेका छन् ।
बारामा कार्यरत भए पनि मनोज र उमेश दिनभर बीरगंजका आदर्शनगरका ट्रान्सपोर्टहरुमा जाने गरेका छन् । बोर्डरबाट मोटरसाइकलदेखि बिभिन्न साधनबाट ल्याएका सामान सामान संकलन गर्ने र ती सामान नेपालमै उत्पादित भनेर लेबल लगाई बिल बनाएर काठमाडौंदेखि बिभिन्न सहरमा पठाउने गरिएको छ ।
पर्साका नाकाबाट तस्करी भएर आएको चिनी गोदाममा संकलन गर्ने र नेपालका चिनी मिलमा उत्पादित भनेर बिल बनाएर पठाउने गरिएको छ । जसमा असई मनोज र हवल्दारले ट्रान्सपोर्ट कम्पनीसँग सहजीकरण गर्दैआएका छन् ।
भारतबाट तस्करीको चिनी लगायतका सामान गोदाममा राखी नेपालमा उत्पादन भएको भनेर कारोबार गर्ने तस्करहरुलाई मनोज र उमेशले सघाउने गरेका छन् । पर्साका ट्रान्सपोर्टबाट सामान लोड भएर बारा हुँदै काठमाडौं, पोखरा लगायतका सहरमा जाने गरेको छ । असई मनोज यादवले केही दिनअघि सिम्रौनगढ नाकामा २५ हजार घुस माग्ने क्रममा ब्यापारीसँग विवाद भएको भिडियो नै सार्वजनिक भएको छ ।
उक्त भिडियो आएपछि यसअघिका आईजीपी बसन्तबहादुर कुँवरले मनोज यादवलाई प्रहरी प्रधान कार्यालयमा तानेर छानबिन गर्न निर्देशन दिएका थिए । तर एसपी सन्तोष तामाङले कुँवरसँग अनुनय बिनय गरी छानबिनमा तान्नबाट रोकेर राखेका थिए । नवनियुक्त आईजीपी दीपक थापाले यादवका बारेमा परेको उजुरीमा छानबिन गर्ने अपेक्षा पनि गरिएको छ ।
विवादित घुमुवा यादवलाई घुमुवा राखिएको र उनले बारामा तस्करीको लाइन चलाएकोबारेमा गृहमन्त्री रमेश लेखकका प्रेस संयोजक शेर सिंहले समेत मधेश प्रदेश प्रहरी कार्यालयमा सोधीखोजी गरेको स्रोतले बताएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका...
२०८३ साउन ६ गते बुधबार नेपाल फेस डटकमा प्रकाशित ‘गगन थापाका भित्रियालाई बिराजभक्त र सभामुखले गुठीमै किन रोजे ?’ शीर्षकको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend