पथलैया । नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको टोली खटिएको छ । नेपाल प्रहरीको टोली पनि परिचालित छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालित हुँदा पनि भन्सारछलीका सामान ओसारपसारमा कमी आएको छैन । भन्सारछलीका सामान ओसारपसार नरोकिंदा भारतीय माछा निर्वाध भित्रने गरेको छ । कुखुरा पनि उत्तिकै भित्रिरहेको छ ।
भारतबाट खसीबोका भित्रंदा नेपालका बाख्रापालक किसान मारमा परेका छन् । माछामा आत्मनिर्भर बन्दै गरेको नेपाल भारतको आन्ध्र प्रदेशबाट निर्वाध आउने माछासँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था आएको छ । लास सड्न नदिने फर्मालिन हालिएको बिषाक्त माछा पर्सा र बाराका नाका नाकाबाट देशका हरेक सहरमा पुग्ने गरेको छ । तर भन्सारछली रोक्न तैनाथ सशस्त्र र नेपाल प्रहरीले रोक्न सकेको छैन । भारतमा कृषि क्षेत्रमा सरकारले ब्यापक अनुदान दिने भएकाले नेपाली किसानले उत्पादन गरेका माछा, दूधलगायतले प्रतिस्पर्धा गर्न सक्दैनन् । नेपालको माछादेखि खसीबोका तस्करी रोक्न खटिएका नेपाल प्रहरी र सशस्त्रका अधिकारीहरु तिनै तस्करहरुसँग सेटिङ मिलाउन तल्लीन छन् । प्रसंग हो जिल्ला प्रहरी कार्यालय बाराको ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सन्तोष तामाङले सरुवा भएको २ महिनामै विवादित असई मनोज यादवको नेतृत्वमा सादा पोशाकमा घुमुवा टोली खटाएका छन् । असई यादवको टोलीमा हवल्दार उमेश यादव, जवानद्वय चन्दन यादव र फिरोज आलम छन् । मनोज यादव सर्लाहीका बिभिन्न नाका हुँदै पथलैया लगायतका पोष्टमा इन्चार्ज भइसकेका थिए । उनी जागिरका दौरान ३ पटक निलम्बनमा परिसकेका छन् । उमेश यादव लामो समय पर्सा जिल्ला प्रहरी कार्यालयको घुमुवा थिए । फिरोज आलम र चन्दन पनि पर्सामा घुमुवा बर्षौं बसेका थिए ।
६ महिनाअघि मिडियामा समाचार आएपछि पर्साबाट लखेटिएका उमेश यादवलाई मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले काजमा बारामा खटाएका थिए । मनोज यादव वीरेन्द्रबाबु श्रेष्ठदेखि अरु केही एसपी हुँदा पर्सामा घुमुवा बसेका थिए । मनोज र उमेश दुबैलाई पर्साका नाका नाकाबाट भन्सारछली गर्नेहरुको बारेमा सबै जानकारी छ । उनीहरुले टान्सपोर्ट कम्पनी सबै चिनेका छन् ।
बारामा कार्यरत भए पनि मनोज र उमेश दिनभर बीरगंजका आदर्शनगरका ट्रान्सपोर्टहरुमा जाने गरेका छन् । बोर्डरबाट मोटरसाइकलदेखि बिभिन्न साधनबाट ल्याएका सामान सामान संकलन गर्ने र ती सामान नेपालमै उत्पादित भनेर लेबल लगाई बिल बनाएर काठमाडौंदेखि बिभिन्न सहरमा पठाउने गरिएको छ ।
पर्साका नाकाबाट तस्करी भएर आएको चिनी गोदाममा संकलन गर्ने र नेपालका चिनी मिलमा उत्पादित भनेर बिल बनाएर पठाउने गरिएको छ । जसमा असई मनोज र हवल्दारले ट्रान्सपोर्ट कम्पनीसँग सहजीकरण गर्दैआएका छन् ।
भारतबाट तस्करीको चिनी लगायतका सामान गोदाममा राखी नेपालमा उत्पादन भएको भनेर कारोबार गर्ने तस्करहरुलाई मनोज र उमेशले सघाउने गरेका छन् । पर्साका ट्रान्सपोर्टबाट सामान लोड भएर बारा हुँदै काठमाडौं, पोखरा लगायतका सहरमा जाने गरेको छ । असई मनोज यादवले केही दिनअघि सिम्रौनगढ नाकामा २५ हजार घुस माग्ने क्रममा ब्यापारीसँग विवाद भएको भिडियो नै सार्वजनिक भएको छ ।
उक्त भिडियो आएपछि यसअघिका आईजीपी बसन्तबहादुर कुँवरले मनोज यादवलाई प्रहरी प्रधान कार्यालयमा तानेर छानबिन गर्न निर्देशन दिएका थिए । तर एसपी सन्तोष तामाङले कुँवरसँग अनुनय बिनय गरी छानबिनमा तान्नबाट रोकेर राखेका थिए । नवनियुक्त आईजीपी दीपक थापाले यादवका बारेमा परेको उजुरीमा छानबिन गर्ने अपेक्षा पनि गरिएको छ ।
विवादित घुमुवा यादवलाई घुमुवा राखिएको र उनले बारामा तस्करीको लाइन चलाएकोबारेमा गृहमन्त्री रमेश लेखकका प्रेस संयोजक शेर सिंहले समेत मधेश प्रदेश प्रहरी कार्यालयमा सोधीखोजी गरेको स्रोतले बताएको छ ।
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
काठमाडौँ। काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend