बारा । भन्सारछली तस्करी बढ्दा लक्ष्य अनुसार राजस्व असुली हुन नसक्दा देशको साधारण खर्च धान्न धौ धौ परिरहेको छ । तर तस्करी नियन्त्रण गर्नका लागि स्थापना गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरुको ध्यान भन्सारछली रोक्ने र राजस्व असुली बृद्धि गर्नेतिर भन्दा पनि अतिरिक्त कमाइतिर बढी केन्द्रित हुँदैआएको छ ।
यसैक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङले सुन लुटपाटमा संलग्न प्रहरी निरीक्षक खेमप्रसाद नेपाललाई जिल्लामा ल्याएर घुमुवा कमाण्डर बनाएका छन् । सीमा प्रहरी चौकी रसुवा टिमुरेमा कार्यरत हुँदा इन्स्पेक्टर खेमप्रसाद नेपालसहित चार जनालाई सुन लुटपाट गरेकोमा निलम्बन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ असार ५ गते बिशेष अदालतमा मुद्दा नै दायर गरेका थियो । २०७७ पुस ११ गते अवैधरुपमा चीनबाट ल्याएको सुन बरामद गरी कसुरदारसहित सम्बन्धित निकायमा बुझाउनुपर्नेमा प्रहरी निरीक्षक नेपालसहितले आपसमा बाँडफाँड गरी लिएको अनुसन्धानबाट खुलेको थियो ।
अख्तियारले सुन लुटपाटमा संलग्न इन्स्पेक्टर नेपालसहित टिमुरेका प्रहरी हवल्दारहरु रामशरण रिमाल, रामकाजी लामा, पुरुषोत्तम खत्रीविरुद्ध जनही २६ लाख ५२ हजार ५९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो । हवल्दार रिमालले ना ६ख ४९३२ नम्बरको कन्टेनरमा सवार यात्रुबाट ४२२ ग्राम सुन कब्जा गरेको सुन सम्बन्धित निकायमा बुझाउनुपर्नेमा त्यसो नगरी प्रहरी निरीक्षक नेपालको मिलेमतोमा लिएको पाइएपछि अख्तियारले छानबिन गरी मुद्दा दायर गरेको थियो ।
तिनै प्रहरी निरीक्षक खेमप्रसाद नेपाललाई एसपी तामाङले घुमुवा कमाण्डर बनाएर सीमा नाकाहरुमा परिचालन गरी तस्करीको नेटवर्कसँग असुलीमा लगाएको आरोप छ । एसपी तामाङ पनि २०७५ मा जिल्ला प्रहरी कार्यालय रसुवामा डीएसपीका रुपमा कार्यरत थिए । त्यसबेलादेखि नै इन्स्पेक्टर नेपालसँग उनको सुसम्बन्ध रहिआएकाले बारामा पनि उनलाई ल्याएर घुमुवा कमाण्डर बनाएको बताइन्छ ।
इन्स्पेक्टर नेपालको नेतृत्वमा प्रहरी जवान चन्दन यादवलाई घुमुवाका रुपमा खटाइएको छ । सिम्रौनगढ नाकाबाट घुमुवा कमाण्डर नेपालको टोलीसँग सेटिङ मिलाएर सन्दिप यादव, भोला गुप्ता, अरबिन्द साहलगायतका ब्यापारीले मासिक दररेट बुझाएर तस्करीको लाइन चलाउँदैआएका छन् ।
घुमुवा टोलीसँग सेटिङ मिलाएर माटिअर्वाबाट वीरगञ्जका शत्रुघन यादवले राति १२ बजेदेखि बिहान ३ बजेसम्म ट्याम्पुमा कपडा तस्करी गर्ने गरेका छन् ।
घुमुवासँगको सेटिङमा गाँजा तस्करी पनि हुन थालेको छ । घुमुवासँगकै सेटिङमा तेलगाई गाउँबाट भारततर्फ गाँजा तस्करी हुन थालेको छ । पछिल्लो समय गाँजा तस्करहरुका लागि बारा स्वर्णभूमि बनेको छ । केही महिनाअघि बाराबाट तस्करी भएको गाँजा भारतको मोतिहारीमा बरामद समेत भएको थियो ।
त्यसैगरी, कवाडीगोठबाट फुल र माछाको तस्करी बढेको छ ।
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend