नेपालगञ्ज । बाँकेमा दरबन्दी अन्यत्र भएका र काजमा कार्यरत प्रहरीलाई मातहतका थाना चौकीमा इन्चार्जको जिम्मेवारी दिइएको छ ।
दुई दिनपछि नेपाल प्रहरी महानिरीक्षकको पदभार सम्हाल्न लागेका दानबहादुर कार्कीले लुम्बिनी प्रदेश प्रमुख(डीआईजी) हुँदा काजमा कार्यरत प्रहरीलाई इन्चार्ज नदिने नीति कार्यान्वयन गर्दै दरबन्दीमा फिर्ता गरेका थिए । तर कार्की एआईजीमा बढुवा भएपछि कार्की लुम्बिनीबाट काठमाडौं फर्किनासाथ काजमा कार्यरत प्रहरीलाई इन्चार्ज बनाइएको छ ।
काजमा कार्यरत असई सुनिल शाहलाई बाँकेको नगर भवन प्रहरी चौकीको इन्चार्जको जिम्मा दिइएको छ । बरिष्ठ सई भोजराज केसी साईगाउँ नाकाका इन्चार्ज छन् । सई बिष्णु शाहीलाई नेपालगञ्ज बसपार्कको इन्चार्जका रुपमा कार्यरत रहेका छन् ।
नगर भवन चौकी असईका लागि आकर्षक मानिन्छ । साईगाउँ नाका रहेको चौकी हो । बसपार्क त झन् ठूलो र राम्रो ठाउँका रुपमा लिने गरिएको छ । यी तीनै जना जुनियर अधिकृतको बाँकेभन्दा बाहिर भए पनि यिनलाई इन्चार्ज दिइएको छ ।
आईजीपी नियुक्ति भइसकेका दानबहादुर कार्कीले काजमा कार्यरतलाई इन्चार्ज नदिने नीति कार्यान्वयन मात्र गरेका थिएनन्, दरबन्दी फिर्ता अभियान चलाएका थिए ।
त्यसैअन्तर्गत हाल बसपार्कमा रहेका बरिष्ठ सई बिष्णु शाहीलाई उनको दरबन्दी रहेको बर्दिया पठाएका थिए । जब उनी एआईजीमा बढुवा भएर काठमाडौं आए, आइसकेपछि प्रहरीभित्र रातो क्याप भनेर चिनिने राजेश सुधाकर नामका बिचौलियामार्फत् फेरि बाँकेमा काजमा आए ।
बाँकेमा काजसरुवा हुनासाथ तत्कालीन एसपी रामप्रसाद घर्तीले सुधाकरमार्फत् मिलाएर उनलाई बसपार्कको इन्चार्जमा खटाएका हुन् । यी तीन थाना चौकीमात्र होइन, बाँके जिल्लामातहतका अन्य नाकाहरुमा पनि काजमा कार्यरतहरुलाई नै खटाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुख हाल एसपी अंगुर जीसी छन् ।
काठमाडौं । गएको भदौ १० गतेको प्रलयकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले २५ लाख १० हजार रुपैयाँबराबरको राहत तथा सुविधा पाउने...
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
नुवाकोट । बाढीले त्रिशुलीमाथिको पुल बगाएपछि त्रिशुलीपारीका स्वास्थ्य संस्थामा हैजाविरुद्धको खोप पुर्याउन स्थलमार्ग अवरुद्ध भएपछि ड्रोनमार्फत् खोप पठाइएको छ । २ देखि ८ डिग्री सेल्सियस...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend