काठमाडौँ । जनमत पार्टीले आठ जनालाई स्पष्टीकरण सोधेको छ । जनमत पार्टीले चार जना केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरण सोधिएका आठ जनामा चार केन्द्रीय सदस्य, तीन साधारण सदस्य र एक पालिका सचिव रहेका छन् । महोत्तरी जलेश्वरको कार्यक्रममा होहल्ला गरी पार्टीको अनुशासन विपरीत काम गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख दीपक साहले जानकारी दिएका छन् ।
जनमतले केन्द्रीय सदस्यहरू दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुरलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, जलेश्वर नगरपालिका समितिका सचिव संजित यादव र साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि स्पष्टीकरण सोधिएको छ ।
स्पष्टीकरण पत्रमा भनिएको छ, ‘असोज ५ गते जिल्ला समन्वय समिति, जलेश्वर, महोत्तरीको हलमा भएको जनमत पार्टीको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रममा तपसिलको व्यक्तिहरूले होहल्ला गरी कार्यक्रम बिथोल्न गरेको, गुटबन्दी तथा भाँडभैलो गरेको र साथै पार्टीको अहित हुने कार्यमा संलग्न भएको देखिएको हुँदा जनमत पार्टीको विधानको धारा ३९ (क)को उपधारा
१,२,३,४,५,६,१०,११ आकर्षित हुने हुँदा तपाईंहरुलाई साधारण सदस्य समेत नरहने गरी किन कारबाही नहुनु पर्ने हो ७ दिनभित्र लिखित स्पष्टीकरण दिनुहुन अनुरोध छ ।’
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend