Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • भरतपुर यातायातको ब्रम्हलुटमा प्रशासनको चासो, रोकिएन असुली धन्दा


    आइतबार, असोज ६ २०८१
    1.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । यातायात ब्यवस्था कार्यालय भरतपुर, चितवनमा सवारी चालक अनुमतिपत्र लिने नागरिक पाइलैपिच्छे लुटिने गरेको समाचार १ असोज, २०८१ मा नेपालफेस डटकमले उजागर गरेपछि चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले यातायात कार्यालय भरतपुरका प्रमुख पदमप्रसाद बजगाई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख(एसपी) भावेश रिमाललाई राखेर छलफल गरेका छन् ।

    प्रजिअ यादवले बुधबार बोलाएको बैठकमा यातायात कार्यालय भरतपुरबाट प्रदान हुने सेवामा स्वास्थ्य परीक्षणमा भइरहेको ब्रम्हलुट र ट्रायलमा पास गराउने भनेर बिचौलियाको असुलीका रोक्नेबारेमा छलफल भएको थियो । स्वास्थ्य परीक्षणमा भइरहेको मनपरी रोक्न नसकेको र त्यसमा यातायात कार्यालयका प्रमुखदेखि प्रजिअ, एसपी र प्रदेशका यातायात मन्त्री र मुख्यमन्त्रीका नाममा समेत सेटिङले प्रश्रय पाएको बिषयमा समाचार सार्वजनिक हुन थालेको छ । स्वास्थ्य परीक्षणको शुल्क बोलपत्रका माध्यमबाट तोक्नुपर्ने दायित्व यातायात कार्यालयको हो । तर यातायात कार्यालय भरतपुरमा स्वास्थ्य परीक्षणमा ब्रम्हलुट गर्दैआएका १२ भाइले बोलपत्र नै सफल हुन दिएका छैनन् ।

    सवारी अनुमतिपत्र (लाइसेन्स) लिनका लागि आवेदन दिने नागरिकहरुलाई स्वास्थ्य परीक्षणका नाममा ३ सय ५० रुपैयाँ लिने गरिएको छ । भरतपुर यातायातमा परीक्षा दिनका लागि सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्ने १२ वटा फर्मका संचालकमध्ये जेलमा भएका गुण्डानाइकेहरु समेत संलग्न रहेका छन् । स्वास्थ्य परीक्षण गराउँदा अन्य यातायात कार्यालयमा निकै कम शुल्क तोकिएको हुन्छ । तर भरतपुर यातायात कार्यालयमा सेवा लिन जाने नागरिकले भने ३ सय ५० दिनुपर्ने बाध्यता छ ।

    यसरी स्वास्थ्य परीक्षणका नाममा शुल्क असुली गर्नेमा पहुँचवाला र थर्काउन सक्नेहरु छन् । गुरुङ ड्राइभिङ सेन्टरका राजकुमार गुरुङ, कुमार ड्राइभिङ सेन्टरका राजाराम परियार, जनता ड्राइभिङ  सेन्टर, क्रियस ड्राइभिङ सेन्टर, साकार लामा लगायत छन् । जेलभित्र बन्दी जीवन बिताइरहेका चौकीदार कीर्तन राजभण्डारीले समेत थर्काएर राजेन्द्र श्रेष्ठलाई अगाडि सारी स्वास्थ्य परीक्षणको सिन्डिकेटमा राखेका छन् ।

    स्व. शिव पौडेलका भाइ गोपी पौडेलको हत्यामा संलग्न रहेर भर्खरै जेलमुक्त भएका सुनिल केसी र हरि भण्डारीले पनि स्वास्थ्य परीक्षण गर्ने संस्था खोलेका छन् । भरतपुर यातायात कार्यालयमाा लाइसेन्सका लागि दैनिक करिब ५ सय सेवाग्राहीले आवेदन दिने गरेका छन् । प्रतिब्यक्ति ३ सय ५० रुपैयाँका दरले स्वास्थ्य परीक्षणबापत मात्र दिनको १ लाख ७५ हजार रुपैयाँ सेवाग्राहीबाट असुलिने गरिएको छ । यस हिसाबले मासिक करिब ५० लाख रुपैयाँ स्वास्थ्य परीक्षणबाट मात्र उठ्ने गरेको छ । यसरी सेवाग्राहीबाट स्वास्थ्य परीक्षबापत मात्रै मासिक ५० लाख असुल्ने क्रम विगत डेढ बर्षदेखि चलिरहेको छ ।

    स्वास्थ्य परीक्षणमा १२ भाइको सेटिङ, रसिद एउटै कम्पनीको

    लाइसेन्सका लागि निवेदन दिने सेवाग्राहीको स्वास्थ्य परीक्षण गर्ने १२ वटा संस्था छन् । स्वास्थ्य परीक्षण रिपोर्टमा हस्ताक्षर गर्ने जिम्मेवारी मुख्यतया भरतपुर अस्पतालमा कार्यरत सुमन पौडेल र अन्य ३ जना चिकित्सक छन् । मेडिकलमा १२ वटा संस्था भए पनि एउटै कम्पनीको बिल काटेर दिने गरिएको छ । १२ वटामा जसले जति जनाको स्वास्थ्य परीक्षण गरे पनि दैनिक संकलन हुने रकमको भागबण्डा बराबर सबैलाई लाग्ने गरेको छ । सबैको भागमा बराबर आम्दानी हुन्छ ।

    यातायात कार्याय भरतपुरमा संचालन भएको केही महिनासम्म स्वास्थ्य परीक्षण गराउने पहिला ७–८ जना थिए । पछि थपिंदैै १२ जना पुगेका छन् । जसले थर्काउन सक्यो, उसलाई पनि स्वास्थ्य परीक्षण गराउन दिने गर्दा संस्था थपिएर १२ पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार