महोत्तरी । आर्थिक बर्ष २०७९–८० मा महोत्तरीको बर्दिवास नगरपालिकाले अस्वभाविक खर्च गरेको देखिएको छ । महालेखा परीक्षकको रिपोर्टले आधारहरु पुष्टि नहुनेगरी गरिएको खर्चलाई अनियमित र सैद्धान्तिक बेरुजुकोको रुपमा प्रस्तुत गरेको छ ।
स्वतन्त्रबाट नगरपालिकाको मेयरमा जितेका मेयर प्रल्हादकुमार क्षेत्रीको कार्यकालमा सुशासन कायम हुने अपेक्षा नगरबासीले गरेका थिए । तर उनको कार्यकालमा यसअघिको भन्दा बढी अनियमितता देखिएको छ । जुन अनियमितता महालेखा परीक्षकको प्रतिवेदनले नै ओंल्याएको छ ।
दरबन्दी बाहिर जथाभावी कर्मचारी भर्ना
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३(८) मा स्थानीय तहले कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने र अस्थायी दरबन्दी सृजना गर्न नसकिने व्यवस्था छ ।
तर महोत्तरीको बर्दिवास नगरपालिकाले दरबन्दी बाहिरका करार कर्मचारी नियुक्त गरी १ बर्षको अवधिमा २३ लाख ५८ हजार ६ सय ६३ रुपैयाँ अनियमितता गरेको खुलासा भएको छ ।
माहालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको रिपोर्टअनुसार कानुनी सल्लाहकार समेत नियुक्त गरी उक्त रकम अनियमितता भएको ठहर गरेको हो ।
कर्मचारी नियुक्तिदेखि नगरले विभिन्न शीर्षकमा अपचलन, अनियमितता र आन्तरिक राजस्वमा आर्थिक बर्ष २०७९–८० मा व्यापक दुरुपयोग भएको देखिएको माहालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ ।
खाजा नास्तामा लाखौं खर्च
आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९ अनुसार खर्चको उपदेयता प्रमाणित हुनेगरी मात्र खर्च गर्नुपर्ने प्रावधान छ तर नगरले आर्थिक बर्ष २०७९–८० मा मात्र कूल आन्तरिक आयको ८ प्रतिशत खाजा, नास्ताको नाममा खर्च गरेको देखिएको छ । यो खर्च वडा कार्यालयबाहेकको हो ।
उक्त आर्थिक बर्षमा ३ करोड ६३ लाख ७५ हजार ४८ रुपैयाँ आन्तरिक आयमध्ये २९ लाख ८ हजार ५ सय ७३ रुपैया खाजा, नास्ता र विविध शीर्षकमा खर्च गरेको माहालेखा परीक्षकको
रिपोर्टमा उल्लेख छ । १ बर्षको अवधिमा यति ठूलो रकम खाजा नास्तामा कसरी खर्च भयो भन्ने बिषय यतिबेला नगर क्षेत्रमा चर्चा र चासोको बिषय बनेको छ । यस्लाई माहालेखा परीक्षकले सैद्धान्तिक बेरुजुको रुपमा उल्लेख गरेको छ ।
विकास निर्माणका काममा भन्दा प्रशासनिक नाममा व्यापक खर्च
त्यस्तै माहालेखा परीक्षकको प्रतिवेदनअनुसार विकास निर्माणको काममा भन्दा बढी प्रशासनिक खर्च भएको छ जुन कुल आन्तरिक आयमध्येको ३५.९६ प्रतिशत हुन आउँछ । पदाधिकारी सुबिधामा मात्र १ करोड ३० लाख ७९ हजार खर्च भएको माहालेखा परीक्षकको कार्यालयले जनाएको छ । खर्च अधिक देखिएपछि नगरलाई प्रशासनिक खर्च कम गरी विकास निर्माणका काम गर्न माहालेखाले सुझाव दिएको छ ।
अनुगमनमा गरिएको खर्च अनियमित
२०८० असार १८ गते योजनाहरु अनुगमन गरेवापत सवारीसाधन भाडा, विविध खर्च गरी २ लाख ६८ हजार २ सय ५० खर्च लेखेको छ ।
जुन योजनाहरुको लागत तयारी गरी भुक्तानी गरेको देखिएको छ । जसलाई माहालेखाले अनियमित भएको उल्लेख गरेको छ ।
अझ नगरपालिकाको शिक्षा शाखाबाट विद्यालय अनुगमन गर्दा प्रतिवेदन नै पेश नगरी अनुगमन भत्ता लिएको खुलासा भएको छ ।
खड्गबहादुर सिंह, भोला खड्का, युवराज पोखरेल, बुद्धप्रसाद पोखरेल र गणेशप्रसाद दाहालले १ लाख १५ हजार नियम विपरीत लिएको खुलेको हो ।
महालेखाले उक्त रकम असुल गर्नुपर्ने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार कार्यान्वयन गर्न सुझाव दिएको छ ।
सवारी इन्धनमा मात्र २३ लाख खर्च
नगरपालिकाले इन्धनबापत मापदण्ड विपरीत १८ लाख ४५ हजार ४ सय ९१ रुपैयाँ खर्च गरेको खुलासा भएको छ ।
बार्षिक २३ लाख ९२ हजार ९ सय ९१ खर्च हुँदै आएकोमध्ये उक्त रकम मापदण्ड विपरीत खर्च भएको माहालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ ।
प्रमुख तथा उपप्रमुखले सवारीसाधन र अन्य पदाधिकारीले यातायात सुविधा बापत रकमसमेत लिएको देखिएको छ ।
स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन २०७७ अनुसार प्रमुख तथा उपप्रमुखले मासिक १ सय २५ लिटर इन्धन र चौमासिक १० लिटर मोबिल खर्च गर्न पाउने प्रावधान छ ।
त्यस्तै कार्यालय प्रयोजनतर्फ र अन्य प्रयोजनतर्फ पनि ४४ लाख १३ हजार ८५ रुपैयाँ खर्च भएको छ जसलाई महालेखा परीक्षकको कार्यालयले अस्वभाविक र मितव्ययिता नअपनाएको ठहर गरेको छ ।
सोझै खरिद गरेर ४७ लाख अनियमितता
सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सीमित नहुनेगरी खरिद गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै सार्वजनिक खरिद निमावलीको नियम ८५ मा एक आर्थिक बर्षमा एकैपटक वा पटक पटक उल्लेखित सीमाभन्दा बाहिर गएर सोझै खरिद गर्न नसक्ने व्यवस्था छ । तर नगरले ४७ लाख भन्दा बढीको सोझै खरिद गरेको छ जुन कानुनविपरित किन गरियो भन्ने प्रश्नचिन्ह खडा भएको छ ।
नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीसहितका पदाधिकारीहरुले संजय जनरल सप्लायर्स, सचिन जनरल स्टोर्स सप्लायर्स र चौधरी सप्लायर्सबाट मसलन्द तथा कार्यालय सामग्रीको नाममा ४७ लाख खर्च गरेको हुन्् ।
तर महालेखा परीक्षकले निकालेको बेरुजु सैद्धान्तिकमात्र भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले बताए । केही बिषयहरुमा मानवीय त्रुटि हुने भएतापनि नगरले मितव्ययिता नै अपनाएको र अपनाउने उनको भनाइ छ ।
नियम र कानूनको परिधि भन्दा बाहिर गएर काम नगरेको बताउँदै १५ सैया अस्पतालको स्वीकृतिमा ५० सैया बनाएको र सोही जिम्मेवारीअनुसार कर्मचारी राख्दा दरवन्दी वाहिर देखिएको उनको भनाइ छ ।
अत्यावश्यक कर्मचारी राख्दा पनि दरबन्दी वाहिरको कर्मचारी राखेर खर्च भयो भन्नु तार्किक नभएको प्रमुख प्रशासकीय अधिकृत जोसीले प्रष्ट वनाए ।
तर अन्य शीर्षकहरुमा पनि नगरले अस्वभाविक खर्च गरेको महालेखा परीक्षकको रिपोर्टमा उल्लेख छ । बिशाल बस्नेत, न्युज कारखाना\
मुस्ताङ । भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको अवस्थामा संचालनमा रहेको नेपाल–चीनबीच सामान आयात निर्यात हुने मुस्ताङ भन्सार...
काठमाडौं । प्रधानमन्त्री कार्यालयको निर्देशनमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी मरिण डाइभर्सन आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ...
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend