Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुर्रा भैंसीको हब बन्दैछ महोत्तरीको बर्दिवास


    आइतबार, असोज ६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • बिशाल बस्नेत

    बर्दिवास नगरपालिकाका पूर्व नगरप्रमुख विदुर कार्कीले भारतको हरियानावाट मुर्रा जातको ११ वटा रागाँहरु लिएर आउँदा नगर क्षेत्रमा ट्रोल नै बन्यो ।

    ‘३ बर्षअगाडि निक्कै चर्को आलोचना खेप्नुपर्‍यो–’कार्कीले  सम्झदै भने, ‘तर म अडिग थिएँँ कि यिनै राँगाहरुबाट किसानको आर्थिक उपार्जनमा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।’

    तत्कालीन समयमा उनले किसानहरुको जीवनस्तर माथि उकास्न बनाएको रणनीतिक दीर्घकालीन योजनाको परिणाम अहिले  धमाधम देखिन थालेपछि आलोचना गर्नेहरु आजकाल प्रशंसा गर्न थालेका छन् ।

    झन्डै ३३ लाख खर्चेर ल्याएका ११ वटा राँगाहरुवाट गर्भधारण गरेका  ५ हजार भैंसीले उत्पादन गरेका मुर्रा जातका पाडापाडी अहिले किसानहरुको गोठहरुमा बाक्लै देखिन थालेका छन् ।

    राँगाहरुको बिर्यवाट  कृत्रिम गर्भाधानभन्दा पनि अहिले किसानले भैंसीलाई प्राकृतिक गर्भाधान प्रक्रियामा सहभागी गराएका छन् । स्थानिय युवा किसान विवेक अधिकारीले भने । ‘दूध बढी उत्पादन हुने भएकाले अहिले अधिकांश  किसानहरुको रोजाई मुर्रा जातको भैंसी नै बनेको छ, मैले पनि नगरबाट ल्याएको एउटा राँगो पालेको छु । बार्षिक ३ सय भैंसी हाम्रै राँगोवाट गर्भाधान भएको छ ।’

    एउटा मुर्रा भैंसीले १ बेतमा २ हजारदेखि ३ हजार लिटरसम्म दूध दिने हुँदा आम्दानीको महत्वपूर्ण आधार बनेपछि नगर क्षेत्रमा कतिपय किसानहरुले हरियाना पुगेर यो जातको भैंसी ल्याएका छन् ।

    पूर्व नगरप्रमुख कार्कीले त भारतबाट यहीँ जातको भैंसी ल्याएर व्यवसायिक भैंसीपालन गरेका छन् । उनको गोठमा अहिले १५ वटा भन्दा बढी भैंसी छन्् । यिनै भैसीबाट उत्पादन भएका पाडापाडीहरुको कारण पनि नगर क्षेत्र मुर्रामय बन्दै गएको छ ।

    एक तथ्यांकअनुसार अहिले नगर क्षेत्रमा ६ हजार भन्दा बढी भैंसी उत्पादन भैसकेका छन् । किसानलाई प्रतिवडामा वितरण गरिएको ११ वटा राँगावाट बार्षिक औसतरुपमा ३ हजार भैंसी गर्भाधान हुने पशु स्वास्थ्य चिकित्सक मोहन खड्काले बताए ।

    यही अनुपातमा शतप्रतिशत उत्पादन भए बर्दिवास नगर क्षेत्र हरियाना, पंजाव जस्तै मुर्रा उत्पादनको हब बन्न सक्ने पशु चिकित्सकहरुको आँकलन छ ।

    एउटा भैंसीले दैनिक २० लिटरसम्म दुध दिने हुँदा थोरै मेहनतले भनेजस्तो आम्दानी हुने र त्यसबाट उत्पादन भएका राँगा र पाडाहरुको मूल्यसमेत उच्च रहेको हुँदा अन्य जातको भैसीहरुको तुलनामा यो भैंसीप्रति आकर्षण बढ्दै गएको छ ।

    ‘मैले पनि पुर्व नगरप्रमुख विदुर कार्कीसगैँ गएर एउटा भैंसी ल्याएको थिएँ । मेरो घरव्यवहार यसैबाट चलेको छ ।झ स्थानीय युवा नेता निरोज अधिकारीले भने ।’ दैनिक यो भैंसीले १४ लिटर दूध दिन्छ, एउटै भैसीबाट मलाई पारिवारिक आधारभुत आवस्यक्ता परिपूर्ति गरेर केही पैसा बचाउने आधार समेत बनेको छ  ।’
    पूर्व नगरप्रमुख कार्कीले त्यतिबेला बनाएका योजनाहरुको अहिले परिणाम आएको देख्दा खुसी लागेको बताउँदै अधिकारी  जनप्रतिनिधिहरुले किसानहरुको आधारभूत समस्या पहिचान गरेर योजना बनाउनुपर्ने बताउँछन् ।

    तर नगरप्रमुख कार्कीले मुर्रा जातको राँगा ल्याएर प्राकृतिक गर्भाधानको लागि प्रयोग गर्ने भने योजना थिएन । उच्च गुणस्तरको जमेको बिर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि किसानहरुलाई उपलब्ध गराउने उन्ले योजना बनाएका थिए । मोडेल एग्रो भिलेजको रेखदेखमा राखेर उक्त राँगाहरुलाई नगरले नै संरक्षण गर्ने भनिएतापनी व्यापक विरोध आएपछि उन्ले किसानहरुलाई बितरण गरेका थिए ।

    ‘११ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख २० हजार लाख डोज बिर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराउन सकिने र किसानहरुलाई  नश्ल सुधार अभियानमा लगाउने योजना बनाएको थिएँ  ।’ उन्ले भने–‘भैंसीको दूध उत्पादनमा उल्लेख्य बृद्धि गर्ने र आर्थिक रुपान्तरण गर्ने उद्दश्य जे होस् परिणाममा नै देखिंंदैछ ।ु

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार