धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’
जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिएपनि विज्ञप्तिमा भने ३ दलको मात्रै हस्ताक्षर रहेको छ ।
नेपाली कांग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर सरकार बनाउने पहल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबीच यस्तो सहमति भएको हो ।
मधेशमा कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेमा बहुमत पुग्ने देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद गरि ५७ मत हुन्छ, जुन बहुमतका लागि आवश्यक ५४ भन्दा बढी हो ।
प्रदेशमा एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ७ सांसद रहेका छन् ।
यसअघि एमालेका सरोज यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सहमति एमाले र माओवादीबीच भएको थियो । तर बुधबार देउवा निवासमा मधेश सरकार बनाउनेबारेमा उपेन्द्र यादवको जसपा नेपाल, लोसपा, नेकपा एकीकृत समाजवादी मिल्ने भएपछि बिहीबार एमाले–माओवादी जनमतलाई मुख्यमन्त्री दिन तयार भएका हुन् ।

काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend