काठमाडौं । नेकपा एमालेका सांसद तथा सचिव योगेश भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म वर्तमान सरकार कायम रहने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद भट्टराईले वर्तमान संसद् रहुन्जेलसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार कायम रहने बताएका हुन्।
अहिलेको संसदको लागि यो सरकार बनाउनु अन्तिम विकल्प भएको उनको दाबी छ। अब अर्को सरकार बनाउन एमालेले कोसिस नगर्ने उनले प्रस्ट पारे। एमालेको समर्थनमा आज १५७ सांसदले प्रधानमन्त्रीलाई विश्वासको मतमा मत दिएका छन्।
सरकारले मुलुकमा व्याप्त समस्याको सकारात्मक निकास दिने विश्वास व्यक्त गरे। सरकारले जनतामा भएको निराशालाई आशामा बदल्ने उनको भनाइ छ। ‘अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित गर्ने। अर्थतन्त्रलाई सन्तुलित बनाउने। र, अन्य कतिपय सामाजिक, आर्थिक समस्यालाई हल गर्ने र संसद्बाट आवश्यक विधेयक संसद्मा टेबुल गर्ने, त्यसलाई पास गर्ने र विशेष गरी संघीय निजामती ऐन, विद्यालय शिक्षा ऐन लगायतका संघीयताका कार्यान्वयनसँग सम्बन्धित ऐनहरूलाई छिटोभन्दा छिटो संसद्बाट अगाडी बढाउने हो। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षबाट टुंग्याउने,’ उनले भने।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend