काठमाडौँ । काठमाडौं उपत्यकाबाट बडादशैँ मनाउन १० लाखभन्दा बढी नागरिक आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । बडा दशैँको महानवमीका दिनसम्म उपत्यकाबाट सार्वजनिक बस, निजी सवारी तथा दुई पाङ्ग्रे साधनमार्फत बाहिरिने नागरिकको सङ्ख्या १० लाख नाघेको नेपाल प्रहरीको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयनमा रहेका कारण हालसम्म कुनै ठूला दुर्घटना वा गम्भीर प्रकृतिका आपराधिक घटना नघटेको प्रहरी प्रधान कार्यालयले स्पष्ट पारेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक ९डीआईजी० अवनिनारायण काफ्लेले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै देशभर शान्ति सुरक्षाको अवस्था मजबुत रहेको र नागरिकहरू सुरक्षित तवरले आ–आफ्नो घर पुग्ने क्रम जारी रहेको बताए।
दशैँमा यात्रुहरूको सहजता र सुरक्षाका लागि देशभर ४०८ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरिएको र ती कक्षहरू २४ सै घण्टा सञ्चालनमा रहेको उनले जानकारी दिए। ती सहायता कक्षहरूमा ट्राफिक प्रहरीसहित अन्य सुरक्षाकर्मी परिचालन गरिएका छन्, जसले यात्रुहरूका समस्या र गुनासो तत्काल सम्बोधन गरिरहेका छन् । प्रवक्ता काफ्लेकाअनुसार प्रहरीले यस पटक ‘यदि केही देख्नुहुन्छ भने, केही भन्नुहोस्’ भन्ने अवधारणा अनुरूप नागरिक सहभागितामूलक विशेष सुरक्षा अभियान सञ्चालन गरेको छ । यस अवधारणाअन्तर्गत सर्वसाधारणबाट नेपाल प्रहरीको आपत्कालीन नम्बर १०० मा उल्लेखनीय रूपमा सूचना तथा खबरहरू प्राप्त भइरहेको र सोही आधारमा क्विक रेस्पोन्स टिम (क्युआरटी) लगायतका आकस्मिक ड्युटी टोलीहरू तत्काल खटिएर सेवा प्रवाह गरिरहेका छन् ।
उनले भने, ‘देशभरको शान्ति सुरक्षा अवस्था सामान्य र सुदृढ छ । बडादसैँको नवमीसम्म काठमाडौँ उपत्यकाबाट करिव १० लाखभन्दा बढी यात्रु विभिन्न सवारीसाधनमार्फत बाहिरिएको रिपोर्ट प्राप्त भएको छ । हालसम्म कुनै गम्भीर घटना, दुर्घटना वा अपराधको जानकारी प्राप्त भएको छैन । यस वर्षको विशेष सुरक्षा योजनाअन्तर्गत ‘इफ यु सि समथिङ, से समथिङ’ अभियानमार्फत नागरिकबाट सूचनाहरू प्राप्त भइरहेका छन् । प्राप्त सूचनाका आधारमा प्रहरी तथा ट्राफिक प्रहरी परिचालन गरी आवश्यक सेवा प्रदान गरिँदै आएको छ । देशभर ४०८ वटा यात्रु सहायता कक्ष स्थापना गरी २४ सै घण्टा सेवा सञ्चालन गरिएको छ । कुनै शङ्कास्पद गतिविधि वा असामान्य घटना देखिएमा प्रहरीको १०० नम्बरमा खबर गर्न आम नागरिकलाई अनुरोध गर्दछौँ ।’
प्रहरीले चाडपर्वको समयमा कुनै पनि अस्वाभाविक, शंकास्पद वा आकस्मिक गतिविधि देखिए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा तुरुन्त खबर गरी अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम राख्न सहयोग पुर्याउन आम नागरिकलाई पुनः अनुरोध गरेको छ ।
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी)दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका-२ निवासी १७ वर्षीया महिलालाई जटिल प्रसूति समस्या देखिएपछि थप उपचारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुर्याइएको छ। महिला, बालबालिका,...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँ २०८३ का अवसरमा नवकन्याहरूको विधिपूर्वक पूजाअर्चना गरेका छन् । दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend