काठमाडौं । कुनै समय नेपालमा सुन तस्करीको सेटिङ गर्ने काम प्रहरीको मात्रै थियो । पछि भन्सार, राष्ट्रिय अनुसन्धान, सशस्त्र प्रहरी बल अध्यागमन, विमानस्थलका कर्मचारीहरु सक्रिय भए । पछिल्लो पटकको सुन तस्करी काण्डमा बिमानस्थलका कर्मचारीहरु प्रयोग गरिएको तथ्य बाहिर आयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा भन्सार र नागरिक उड्डयनका कर्मचारीजस्तै प्रहरी पनि उत्तिकै जिम्मेवार रहेको बिषयमा भने ध्यान पुग्न सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दसौं बर्षदेखि कार्यरत प्रहरी छन् । ती जुनियर प्रहरी अधिकृतहरु १० वर्षदेखि काजमा खटाएर हाकिमहरुले आफ्नो दुनो सोझ्याउने काम गर्दै आएको आरोप छ ।
विमानस्थलमा २०७० देखि हैकम जमाएर बसेका प्रहरी नायव निरीक्षक (सई)हरु अहिले पनि तस्करीको सेटिङ मिलाउन ब्यस्त छन् । निजामती कर्मचारीमा खरिदार सुब्बाले जस्तै सेटिङ मिलाउने काममा प्रहरीका हाकिमहरुले सई र असईहरु प्रयोग गर्ने गर्दछन् । त्यसैले बिमानस्थल भन्सारमा बसेका सई असईहरु काठमाडौंमा महल खडा गरी सान्दार जीवन बिताएका छन् । उनीहरुले छोरा छोरीलाई अमेरिकामा पढ्न पठाएका छन् ।
त्रिभुवन बिमानस्थल भन्सारको एक्सरेफाँटमा कार्यरत प्रहरीहरुले आफूमात्रै नभएर हाकिमलाई समेत यथेष्ट सेवा पु¥याएको तथ्य प्राप्त भएको छ । बरिष्ठ सई देवबहादुर शाह, सईहरु वीरेन्द्र चन्द, रोशन ढुंगाना, दीपक केसी र रमेश दुलाल अहिले पनि शक्तिकै आडमा १० वर्षदेखि बिमानस्थल भन्सारमा कार्यरत छन् । यी सईहरुलाई सेटिङमा डिएसपी सूर्यप्रकाश सुवेदीले सघाएका छन् । डिएसपी सुबेदी हुम्लाको भन्सारमा रहँदा सुन तस्करीमा मुछिएर सरुवा भएका हुन् ।
सुन सेटिङका अतिरिक्त १० वर्षदेखि काज मिलाएर बसिरहेका यी प्रहरी नायव उपरीक्षकहरु विदेशमा लैजाने अचार लगायतका खाने बस्तुहरु हाकिमको घरमा चाकरीका रुपमा पु¥याएर सरुवा थमौती भइरहेको एक जना प्रहरीकै जुनियर अधिकृतले बताए । आईजीपी बसन्तबहादुर कुँवरले काजमा कार्यरतलाई दरबन्दीमा फर्काउने अभियान चलाए पनि विमानस्थलमा भने लागू हुनसकेको छैन ।
नयाँ आइजीपी आउने बित्तिकै सुधारका घोषणा गर्ने गरिन्छ । तर, केही महिनापछि यस्ता तस्करीका लाइनहरु खोलेर अकुत सम्पत्ति जम्मा गर्नका लागि पुरानै हाकिमहरु प्रयोग गरिने गरिएको छ । त्यसैले माथिल्लो तहसम्म कमिसन बुझाउने प्रहरीका सिपाहीदेखि अधिकृतसम्म आफूले चाहेको ठाउँमा सहजै थमौती भइरहेका छन् ।
नेपाल प्रहरीका एसपी टपेन्द्र हमाल काठमार्डौंको हनुमानढोकामा र रामचन्द्र ढकाल अपराध अनुसन्धानको एसपी हुँदा रातो पासपोर्टमार्फत् मानव तस्करीको धन्दा नेपालकै इतिहासमा सबैभन्दा बढी चलेको बताइन्छ । तत्कालीन समयमा सांसदको रातो राहदानी बेच्ने धन्दामा निवर्तमान कानून मन्त्री धनराज गुरुङ पनि छानबिनमा परेका थिए ।
धनराज गुरुङले लम्जुङका सासद रामचन्द्र अधिकारीको राहदानी (फोटो परिवर्तन(पीसी) गरी अर्को व्यक्तिलाई बेलायत पठाएका थिए । गुरुङले साम, दाम, दण्ड भेद लगाएर मुद्दा चाहिँ जिते । उनीहरु सबैलाई यो धन्दामा लगाउने डिजाइनर रामेछापकी एलिजा थापा, ओखलढुंगाका अम्बिर गुरुङ र धादिङका कृष्ण सिम्खडा चर्चित मानव तस्करीका डनहरु हुन् । बेलायतमा रातो राहदानी किनेर झण्डै ५ सय जनालाई पठाएको सिम्खडाले सगौरव बताउने गरेका छन् । सिम्खडाले मानवतस्करी गरी कमाएको रकम काठमाडौंको सामाखुशीमा न्यू हिमालयन बोर्डिङ स्कूल सञ्चालन गरेका थिए । जहाँ उनको झण्डै पाँच रोपनी जग्गामात्रै छ ।
त्यसैगरी मानव तस्करी गरी जम्मा गरेको अन्य रकमबाट बालाजुको फिल्म हल नजिक १० रोपनी जग्गा लिएर राखेका सिम्खडा ठगी धन्दामा जेल जाने निश्चित भएपछि बेलायतमा शरणार्थी बस्न पुगेका छन् । उक्त समयमा लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीका भाइ नारायण मैनालीले त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल अध्यागमन कार्यालयमा सिम्खडासँग सेटिङ मिलाएर रातो पासपोर्ट पिसी गरी गएका ब्यक्तिबाट प्रतिव्यक्ति एक लाख रुपैया लिने गरेको सिम्खडाले खुलेआम बताउने गर्छन् । अहिले पनि भिजिट भिसामा मानवतस्करी गरी विदेश पठाउने र सुन तस्करीको धन्दामा यिनै समूहहरु सक्रिय रहँदै आएका छन् ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथमका बरिष्ठ अधिकृत मनराजा खत्रीले पनि नक्कली निमन्त्रणापत्र बनाएर भिजिट भिसामा १३ जनालाई युएई पठाएका कारण चार महिना निलम्बनमा परेका थिए । उनको मुद्दा उपत्यका अपराध अनुसन्धान कार्यालयमा अहिले पनि तामेलीमा छ । ति विद्यार्थीहरु पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता लिटिल एन्जेल स्कूलका मालिक उमेश श्रेष्ठका भएको खल्न आएका कारण सामसुम पारिएको थियो । सुन तस्करीमा जोडिएका कतिपय व्यक्तिहरु अहिले पनि कारबाहीबाट सहजै उम्किरहेका छन् ।
जहाँ जहाँ डीएसपी सुवेदी, त्यहाँ त्यहाँ विवाद
डीएसपी स्ुवेदी जहाँ कार्यरत हुँदा पनि विवादमा पर्दैआएका छन् । उनी जहाँ कार्यरत हुँदा पनि कार्यालयको नाममा एसीदेखि पर्दासम्म माग्ने र सरुवा भएपछि ती सँगै लिएर जाने अधिकृतका रुपमा पनि प्रहरीमा चिनिन्छन् ।
आर्थिक अनियमितता र कमाण्ड नै गर्न नसक्ने अधिकृतका रुपमा चिनिन्छन् । कोटेश्वर प्रभागमा हुँदा भवन निर्माणको नाममा आर्थिक संकलन गरेको, झापा ट्राफिकको प्रमुख हुँदा सवारी अनुमतिपत्र बितरणमा सेटिङ गरेको आरोप उनीमाथि छ ।
गौशाला ट्राफिकको इन्चार्ज हुँदा पनि प्रिफ्याब बनाउने नाममा उनले यातायात ब्यवसायीदेखि रेष्टुरेन्ट ब्यवसायीहरुसँग आर्थिक सहयोगको नाममा असुली गरेको आरोप लागेको थियो । नेपाल प्रहरीको प्राविधिक सईबाट सेवा प्रवेश गरेका सुवेदी हुम्लाको डीएसपी हुँदा सुनदेखि जडिबुटी तस्करहरुसँगको कनेक्सनका कारण तानिएका थिए । हुम्लाका बोर्डरमा हवल्दारसँग पनि मासिक दररेट तोकेर असुली गर्ने गरेको आरोप उनीमाथि लागेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा तानिएका थिए । दाजु नाता पर्ने पूर्वअर्थसचिव शान्तराज सुवेदीको सोर्सफोर्समा सधैं प्रहरीमा अवसर पाएका सूर्यप्रकाश त्यसपछि राजापुर इलाका प्रहरी कार्यालय बर्दिया सरुवा भए ।
राजापुरमा पनि उनले बाघ आतंक नियन्त्रण माग राखेर प्रदर्शन गर्नेहरुमाथि गोली चलाएका थिए । आदेशविना नै गोली चलाउँदा मधुवन नगरपालिका–२ ओराली बजारमा प्रहरीको गोली लागेर २०७९ जेठ २३ गते नवीना थारुको मृत्यु भएको थियो । आदेश बिना नै गोली चलाएको भन्दै गृह मन्त्रालयले गठन गरेको समितिले कारबाही गर्नुपर्ने प्रतिवेदन दिए पनि उनी शक्तिकै आडमा कारबाहीबाट जोगिएका थिए । उनलाई राजापुरबाट तत्कालै तानिए पनि कारबाही भएन । प्रहरी दमनबारे स्थानीय प्रशासनसँग सर्वपक्षीय रुपमा ५ बुँदे सहमति गरिएको थियो । राजापुर घटनामा कारबाही गर्नुपर्ने उनी त्यसपछि त्रिभुवन विमानस्थलमा सरुवा भएका थिए ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend