Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एमाले सांसद थापाको आग्रह – प्रधानमन्त्री हराउनुभयो, खोजी गरिपाऊँ


    शुक्रबार, फाल्गुन १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्रीको खोजी गर्न माग गरेका छन् ।

    संसद बैठकमा विशेष समय लिएर बोलेका सांसद थापाले सभामुखले रुलिङका बाबजुद प्रधानमन्त्री संसदमा नआएकोमा असन्तुष्टि जनाएका हुन्।

    दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएको भन्दै सांसद थापाले भने,‘सम्पूर्ण विषयमा सरकार जवाफदेही भएन, सरकार हरायो । प्रधानमत्री हराउनुभयो । प्रधानमन्त्रीको खोजी गर्नुपर्‍यो ।’

    प्रधानमन्त्रीको खोजी गर्न उच्चस्तरीय समिति बनाउने हो कि संसद स्थगित गर्ने भनेर उनले प्रश्न गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार