काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणको रिजल्ट केही समयमै आउने आश्वासन दिएका छन् ।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् । प्रमुख आयुक्त राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणमा बयान लिने काम सकिएको बताए ।
केही समयमा नै आयोगले मुद्दा दायर गर्ने तयारी भइरहेको प्रमुख आयुक्त राईको भनाई छ ।
राईले भने,’टेरामक्समा करिब बयान टुंगो लगाएको छ । अध्ययन अनुसन्धानको काम भइरहेको छ । केही समयमा रिजल्ट आउँछ । अन्तिम चरणमा छौँ।’
टेरामक्स प्रकरणमा तत्कालीन सूचना तथा संचार प्रविधिमन्त्री बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र तत्कालीन संचारमन्त्री तथा कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीसँग बयान लिएको थियो ।
प्रमुख आयुक्त राईले सार्वजनिक जग्गा, प्रति जग्गामा मुद्दा लडेको पनि बताए । सार्वजनिक जग्गा अतिक्रमण बढ्दो देखिएको पनि उनको भनाइ थियो । त्यस्तै, आईटी, सूचना प्रविधिमा पनि अनुसन्धान भइरहेको उनको भनाइ छ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend