Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति, महामन्त्री पौडेलको प्रश्न– ‘शासन कि सनक ?’


    मंगलबार, कार्तिक ११ २०८३
    85
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ ।

    कांग्रेस महामन्त्री प्रदीप पौडेलले नियुक्तिमाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा सरकार नागरिकमाथि धरपकडमा उत्रिएको भन्दै आलोचना गरेका छन् ।

    लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व बोकेको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्रै आधार बनाउन नहुने पौडेलको भनाइ छ । उनले सरकारी नियुक्तिमा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र र जवाफदेहितालाई समेत प्राथमिकता दिनुपर्ने बताएका छन् ।

    ‘लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको उपाध्यक्षमा भएको विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई झकझक्याउने नागरिकलाई पो धरपकड १ त्यो पनि मध्यरातमै १ अनि फेरि नागरिकको हुर्मत लिएर लुसुक्क छाड्ने १ सरकारको यस्तो रवैयाको समर्थन गर्न सकिँदैन,’ पौडेलले भनेका छन् ।

    उनले लुम्बिनीलाई बुद्धको जन्मस्थलमा मात्र सीमित नराखी नेपालको अन्तर्राष्ट्रिय पहिचान, धार्मिक आस्था र सांस्कृतिक गौरवसँग जोडिएको सम्पदाका रूपमा व्याख्या गरेका छन्। यस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा लोकप्रियता मात्र पर्याप्त नहुने उनको तर्क छ ।

    आनी छोइङको नागरिकता र आर्थिक कारोबारबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेको उल्लेख गर्दै पौडेलले ती प्रश्नको जवाफ नदिएसम्म सरकारले नियुक्तिको औचित्य पुष्टि गर्न र छनोटका आधार स्पष्ट पार्न नसक्ने बताएका छन् ।

    सरकारलाई निर्णय सच्याउन आग्रह गर्दै उनले प्रश्न उठाउने नागरिकलाई तर्साउने प्रवृत्तिको विरोध गरेका छन् ।

    ‘सरकारलाई मेरो विरोध होइन, सुझाव छ। राति–राति जाग्ने यस्तो अहंकारलाई शासन भनिँदैन, सनक भनिन्छ । गलत निर्णय भएको छ, सच्याउने साहस देखाउनुस्, प्रश्न उठाउनेहरूलाई तर्साउने होइन,’ पौडेलले भनेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार