काठमाडौं । आम जनता पार्टीका कुन्दन कुशवाह पुनः नेकपा एमाले पार्टी प्रवेश गरेका छन्। केपी ओलीलाई गद्दार भनेर अभिव्यक्ति दिएका आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा एमाले प्रवेश गरेका हुन्।
ललितपुरको च्यासलस्थित एमाले पार्टीको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको बैठकलाई केहीबेर राेकेर आयाेजित पार्टी प्रवेश कार्यक्रममा कुशवाहालगायत आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाहसँगै सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्र प्रसाद चौधरी नेकपा एमाले प्रवेश गरेका हुन्।
केही दिनअघि मात्र आम जनता पार्टीको केन्द्रीय उपमहासचिव पदमा निर्वाचित कुश्वाह यसअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य रहेका थिए। गत प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य रहेका प्रभु साहसहित पार्टी जिल्ला अध्यक्ष त्रिभुवन साह, कुन्दन कुशवाह लगाएतले केपी शर्मा ओलिलाई गद्दार भन्दै एमालेलाई चुनावको मुखमा धोका दिएर स्वतन्त्र उमेदवारी दिएका थिए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend