Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सात दिनभित्र ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरको निर्देशन


    बुधबार, फाल्गुन ९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न निर्देशन दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले उक्त जग्गा खाली गर्न निर्देशन दिएको हाे ।।

    विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेकाे छ ।

    तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने चेतावनी समेत महानगरले दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार