काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा अध्यागमन अधिकृतलाई हातपात गर्ने तीनजना प्रहरी नगदसहित पुरस्कृत भएका छन् ।
विमानस्थल प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले प्रहरी नायब निरीक्षक प्रकाश चौधरी, प्रहरी सहायक निरीक्षक सन्जय तामाङ र प्रहरी जवान रविजंग गुप्तालाई नगदसहित पुरस्कृत गरेका हुन् ।
स्रोतका अनुसार विमानस्थलमा खटिएका चौधरीलाई १२ सय, तामाङलाई ११ सय र गुप्तालाई ८०० रुपैयाँले पुरस्कृत गरेका गरिएको हो । उनीहरुलाई पुरस्कृत गरिएको बारे प्रहरीको अभिलेख राष्ट्रिय प्रहरी किताब खानामा हुने गरी पत्र पठाइएको स्रोतले बतायो ।
विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत शाखा अधिकृत छायालाल मोक्तानलाई सुरक्षा जाँच गर्ने क्रममा विवाद भएको थियो । शुक्रबार ड्युटी सकेर निस्किने क्रममा प्रहरीले खानतलासी गर्न खोज्दा विवादित छविका छायालालले प्रहरी जवानलाई असहयोग गरी गाली गरेपछि विवाद भएको थियो ।
त्यसपछि कुटाकुट भएको थियो । उक्त विवाद हुँदा उनले सुरुमा लात्तीले प्रहरीलाई हानेको सिसिटिभी फुटेजमा देखिएको छ । पछि सिसिक्यामेराको मोनिटर कक्षमा पनि कर्मचारी र प्रहरीबीच कुटाकुट भएको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend